Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

दोहोरो करको विषय पेचिलो बन्दै, आफूखुसी व्याख्याले विदेशी लगानीलाई असर

Share:WhatsAppFacebookX (Twitter)Telegram
दोहोरो करको विषय पेचिलो बन्दै, आफूखुसी व्याख्याले विदेशी लगानीलाई असर
Photo / Coverage: टक्सार

काठमाडौँ । दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको ‘कर्पोरेट ट्याक्स रिपोर्टिङबारे अन्तरक्रिया कार्यक्रम’ मा सहभागी वक्ताहरुले दोहोरो कर सम्बन्धी व्यवस्थालाई आफूखुसी व्याख्याले विदेशी लगानीलाई असर गरेको स्पष्ट पारेका हुन् । कर्पोरेट सम्बन्धी ऐन र नियमहरु अस्पष्ट रहेको पनि वक्ताहरुको भनाइ छ । कर्पोरेट करका जानकार अधिवक्ता कपिल ढकालले ११ देशसँग दोहोरो कर छुट सम्झौता भएको भए पनि कार्यान्वयन पक्षमा दुविधा रहेको बताए । यसलाई कम्पनीसँगको मिलेमतोमा सरकारी कार्यालयले आफु अनुकुल व्याख्या गर्न नहुने बताउँदै उनले यस सम्बन्धी नीति संसद्बाट पारित गरेर उचित मागदर्शन दिनुपर्ने बताए । कर सम्बन्धी मुद्दाको रिपोर्टिङ गर्दा पत्रकारहरु गम्भिर हुनुपर्ने पनि उनको भनाइ छ । अदालतले गरेको आदेश, फैसला, निर्णयहरुलाई स्पष्ट रुपमा बुझेर मात्रै समाचार बनाउनुपर्ने उनको सुझाव छ । यस्तै, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट दुर्गा ज्ञवालीले दोहोरो कर सम्बन्धी स्पष्ट व्यवस्था नहुँदा पनि विदेशी लगानी आउन नसकेको बताए । विदेशी लगानी आर्कषित गर्न पनि दोहोरो कर छुटको व्यवस्थालाई स्पष्ट बनाउनुपर्ने उनको माग छ । यस्तै, नेपालमा लाग्ने भन्दा बढी कर तिर्दा फिर्ता नहुने समस्या रहेको उल्लेख गर्दै उनले यसलाई सरकारले गम्भिर रुपमा लिनुपर्ने बताए । विदेशमा लाग्ने भन्दा बढी कर तिर्दा प्रणालीले नै फिर्ता गर्ने व्यवस्था रहेको उदाहरण दिदैं नेपालमा पनि यस्तो प्रणाली आवश्यक रहेको ज्ञवालीले औल्याए । यस्तै, नाफिजकी अध्यक्ष मेनुका कार्कीले कर सम्बन्धी बिषयहरु जटिल हुने भएकाले त्यसलाई सरलीकृत गर्न यो कार्यक्रम आयोजना गरिएको बताइन् । नाफिजले पत्रकारको क्षमता अभिबृद्धि गर्न यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रास्वपा प्रतिनिधिमण्डलसँग चीनको चासो : बीआरआईमार्फत युआनमा लगानी र उच्चस्तरीय भ्रमण
Latest NewsJust now

रास्वपा प्रतिनिधिमण्डलसँग चीनको चासो : बीआरआईमार्फत युआनमा लगानी र उच्चस्तरीय भ्रमण

अमेरिकी डलरमा लगानी गर्दा झन्झट भएको चिनियाा अधिकारीहरूको भनाइ, प्रधानमन्त्री वालेन्द्र शाहको चीन भ्रमण हुनुपर्नेमा जोड ...

कान्तिपुर
बाँकेमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
Latest NewsJust now

बाँकेमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बाँके । बाँकेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आइतबार साँझ ७ बजे कोहलपुर नगरपालिका–४ किरण नालास्थित पूर्व–पश्चिम राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको... ...

रातोपाटी
मलेसिया ठगी प्रकरण: स्वास्थ्य परीक्षण थप्ने भन्दै ७ लाखको उपकरण यसरी बेचियो २० लाखमा
Latest NewsJust now

मलेसिया ठगी प्रकरण: स्वास्थ्य परीक्षण थप्ने भन्दै ७ लाखको उपकरण यसरी बेचियो २० लाखमा

मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको ठगी प्रकरणमा भइरहेको अनुसन्धानमा उपकरण खरिद तथा बिक्रीको अर्को पाटोबाट पनि अध्ययन भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । श्रमिकबाट बायोमेडिकल शुल्कका नाममा रकम उठाएर विदेश पठाउने काममा मात्रै सीमित नरही स्वास्थ्य परीक्षणको मापदण्ड परिवर्तन गराएर स्वास्थ्य व्यवसायीबाट समेत अतिरिक्त रकम असुलिएको पत्ता लागेको सीआईबी स्रोतले जनाएको हो । स्वास्थ्य परीक्षणमा नयाँ ...

फरकधार
किस्ट शिक्षण अस्पताल र  मेदान्ताबिचको सहकार्य एक वर्ष पूरा
Latest NewsJust now

किस्ट शिक्षण अस्पताल र मेदान्ताबिचको सहकार्य एक वर्ष पूरा

काठमाडौं, मङ्सिर १३ गते। किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ता–गुरुग्रामबिच चिकित्सकीय सहकार्य सुरु भएको एक वर्ष पूरा भएको छ । जटिल स्वास्थ्य समस्याको उपचारका लागि विशेषज्ञ चिकित्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement