Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

दैलेखको मिथेन ग्यास खानी उत्खनन उच्च प्राथमिकतामा: रवि लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
दैलेखको मिथेन ग्यास खानी उत्खनन उच्च प्राथमिकतामा: रवि लामिछाने
Photo / Coverage: केन्द्रबिन्दु

दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीकै मुहार फेर्न सक्ने सम्भावना बोकेको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् । सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुगेका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिए । अवलोकनका क्रममा उनले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ पूरा गरिए पनि एक वर्षयता परीक्षणको काम रोकिँदा करोडौँ मूल्य बराबरका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने, ‘पहिलो पटक यहाँ आएर यसको अवस्था हेरेँ । उत्पादनको आवश्यकता छँदैछ, तत्काल महँगा उपकरणको संरक्षणको पनि उत्तिकै खाँचो देखियो । प्राविधिक काम कहाँ र किन अड्किएको हो, त्यसबारे थप बुझनुपर्छ ।’ सभापति लामिछानेले लामो समयदेखि अड्किएको ‘वेल टेस्ट’ तथा व्यावसायिक उत्पादनको प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता जनाए । उनले प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएकाले देशको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने हुँदा यो कर्णालीको मुहार फेर्ने राष्ट्रिय गौरवको आयोजना रहेको उल्लेख गरे । नेपाल र चीनबीचको समझदारीअनुरुप विसं २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौतामार्फत ४५ रोपनी जग्गा अधिग्रहण गरी यो परियोजना अघि बढाइएको हो । ‘हामीले आमनागरिकसँग गरेको बाचा र चाहेको समृद्धिका आधार यिनै गौरवका आयोजना हुन्,’ सभापति लामिछानेले भने, ‘यसको उत्खननलाई पूर्णता दिन निरन्तर पहल रहनेछ । विस्तृत अध्ययन गरी ठोस कदम चालिनेछ, सिङ्गो कर्णालीवासीले छिट्टै सकारात्मक सन्देश पाउनुहुनेछ ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
२६ वर्षे वयमै पाँचतारे होटलको नेतृत्व
Latest NewsJust now

२६ वर्षे वयमै पाँचतारे होटलको नेतृत्व

परिवारको लगानी ट्राभल, पाँचतारे होटल, हेलिकोप्टर र जलविद्युत् क्षेत्रमा विस्तार, विभिन्न व्यवसायमा १ हजार २ सयभन्दा बढीलाई रोजगारी, पूर्वी नेपालका पर्यटकीय गन्तव्यलाई जोड्दै भारतीय, बंगाली र भुटानी पर्यटकको बसाइ लम्ब्याउने अश्लेषाको योजना। ...

कान्तिपुर
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
Latest NewsJust now

पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ । भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि... ...

रातोपाटी
चेकपोष्टबाट भागेको गाडीमा २३७ केजी गाँजा बरामद
Latest NewsJust now

चेकपोष्टबाट भागेको गाडीमा २३७ केजी गाँजा बरामद

काठमाडौं । बाराको जीतपुर सिमरा–१ पथलैया चेकपोष्ट नजिकै २ सय ३७.१७ किलोग्राम लागुऔषध गाँजा बरामद भएको छ । हिजो साँझ ५ः४० बजे अमलेखगञ्जबाट पथलैया जाँदै गरेको बा१७च २६३६ नम्बरको गाडी चेकजाँच गर्दा चालकले गाडी नरोकी भगाएका थिए । गाडी पछ्याउने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर चालक फरार भएका थिए । जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गर्दा ...

केन्द्रबिन्दु
कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् मूल्यसूची
Latest NewsJust now

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् मूल्यसूची

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली र भारतीय) प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, टनेल र तराईको ५२ रुपैयाँ प्रतिकिलो रहेको छ । समितिका अनुसार आलु रातो (लाम्चो र गोलो) प्रतिकिलो ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement