Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Others/देशभरका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

देशभरका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

10/31/2026, 12:11:16 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
देशभरका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरस्थित पृथ्वीराज मार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिपी राजमार्गको काभ्रे खण्डमा पनि सडक अवरुद्ध भएको छ । आज बिहान ४:५५ बजेदेखि काभ्रेको रोशी गाउँपालिका-९ पिनथली र वडा नम्बर ८ स्थित गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहित लेदो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहानदेखि सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेस्थित कर्णाली राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आएर बाटो पूर्ण रूपमा अवरोध भएको छ । त्यसैगरी, मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा पनि अवरुद्ध भएको छ भने ललितपुर बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्ड पनि अवरुद्ध भएको छ । सो कान्तिलोकपथका ललितपुर महानगरपालिका-२ बल्खु, सुन्दरीघाटस्थित रहेको करिडोरको बाटोमा अविरल वर्षाका कारणले पानीको बहाव बढेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै कालीगण्डकी कोरिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्सेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा बाटो माथिबाट लेदोसहितको पहिरो आएर सडक अवरुद्ध भएको छ । त्यसैगरी, कालीगण्डकी कोरिडोर अन्तर्गतको पाल्पाखण्डमा रामपुर नगरपालिका-१ कासिबन स्थित कालीगण्डकी करिडोर पक्की सडकखण्डमा माथिबाट ढुङ्गासहितको पहिरो आएर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै मुगुको छाँयानाथ रारा नगरपालिका-७ ताल्चास्थित नाग्म गमगढी सडकखण्ड पनि अवरुद्ध भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अनुमतिबिनै डोल्पा पुगेका ६ भारतीय पर्यटक हिमालमा फसे
OthersJust now

अनुमतिबिनै डोल्पा पुगेका ६ भारतीय पर्यटक हिमालमा फसे

१५ कात्तिक, सुर्खेत । आवश्यक प्रशासनिक अनुमति नलिई र पर्यटकका लागि निर्धारित नियमित पदमार्गसमेत छाडेर उपल्लो डोल्पा पुगेका छ जना भारतीय पर्यटक हिमपातका कारण हिमाली क्षेत्रमा फसेका छन् । शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित दानिगढ क्षेत्रमा फसेका उनीहरूको उद्धार हुन सकेको छैन । उनीहरू फसेको जानकारी जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा प्राप्त भएको थियो । दुई… ...

अनलाइन खबर
अमेरिकासँगको नयाँ युद्ध अघिल्लोभन्दा लामो हुन सक्छ : इरानी सेना
OthersJust now

अमेरिकासँगको नयाँ युद्ध अघिल्लोभन्दा लामो हुन सक्छ : इरानी सेना

अमेरिकासँगको कुनै नयाँ युद्ध अघिल्लो युद्धभन्दा लामो हुन सक्ने इरानले आइतबार चेतावनी दिएको छ । त्यो युद्धको अवधि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारण गर्न नसक्ने इरानको दावी रहेको छ । ‘सम्भावित भावी युद्ध अघिल्लो द्वन्द्वभन्दा लामो हुन सक्छ र अमेरिकी राष्ट्रपति यसको समाप्ति समय वा अवस्था निर्धारण गर्ने स्थितिमा हुनुहुने छैन,’ इरानी राष्ट्रिय टेलिभिजनले इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियालाई उद्धृत गर्दै ...

पर्दाफास
भ्रष्टको शासन हटाउँछु भन्थे, भयको शासन चलाउन थाले
OthersJust now

भ्रष्टको शासन हटाउँछु भन्थे, भयको शासन चलाउन थाले

फेसबुक पेजहरूको प्रवद्र्धनमा उदाएका प्रधानमन्त्री बालेन शाह सत्ताको दुरुपयोग गर्दै पत्रकारहरूमाथि धरपकड गरिरहेका छन् । प्रश्नहरूको तेजोबध गरेर भयको शासन चलाउने उनको चाहना यतिखेर विपक्षी र कतिपय नागरिकहरूको आलोचनाको केन्द्रमा छ । ...

अनलाइन खबर
एनपीएल : जनकपुरको दाेस्राे जित,पाेखराकाे लगातार दाेस्राे हार
OthersJust now

एनपीएल : जनकपुरको दाेस्राे जित,पाेखराकाे लगातार दाेस्राे हार

राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ। याे जनकपुरकाे दाेस्राे जित हाे। ३ खेलबाट ४ अंकसहित जनकपुर दाेस्राे स्थानमा समेत उक्लिएकाे छ। लगातार दाेस्राे खेल हारेकाे पाेखरा भने पुछारमा छ। जनकपुरले दिएकाे १४८ रनको लक्ष्य पछ्याएकाे पाेखराले ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्याे । जसमा कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play