Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

देशभरका दुर्घटनामा आठ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशभरका दुर्घटनामा आठ जनाको मृत्यु
Photo / Coverage: नेपालन्युज

काठमाडौं।कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा लु १ ख ९७२६ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ। यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटो चोकस्थित सडकमा सुपप्र०१–००८प ५८७७ नम्बरको मोटरसाइकल र भे१०प ९९३६ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका अभिषेक चौधरीको जिल्ला अस्पताल बर्दियामा र महेन्द्र रिजालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दैलेखको गुराँस गाउँपालिका–१ काफल तोलीस्थित सडकमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क प्र ०२–००१ च १२१५ नम्बरको बोलेरो आज बिहान दुर्घटना हुँदा चालक कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–७ बस्ने २२ वर्षीय योगेश सिंखडा र बोलेरोमा सवार सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय रने सार्कीको मृत्यु भएको छ। नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–९ बस्ने धादिङ खनियाबास गाउँपालिका–५ घर भएका ४७ वर्षीय बुद्धिमान तामाङ, मोटरसाइकलमा सवार सोही नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा. वाग्ले टर्की प्रस्थान
Latest NewsJust now

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा. वाग्ले टर्की प्रस्थान

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा सहभागी हुन टर्कीतर्फ प्रस्थान गरेका छन् । शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख ‘एजेण्डा’लाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ […] ...

काठमाण्डुपाटी
काठमाडौंले चितवन राइनोजलाई दियो १८१ रनको लक्ष्य
Latest NewsJust now

काठमाडौंले चितवन राइनोजलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको हो । काठमाडौँका लागि राशिद खानले ५२ रन बनाए भने सहान अराचचिगेले ३३, विलियन बोसिस्टोले २७ रन बनाएका थिए । त्यस्तै चितवन राइनोजका रिजन ढकालले ३ विकेट लिए भने कमल सिंह ...

कर्पोरट खबर
जैन भवनमा गुञ्जियो रक सङ्गीत
Latest NewsJust now

जैन भवनमा गुञ्जियो रक सङ्गीत

विराटनगर। २० कात्तिक, शुक्रबार साँझ विराटनगरको जैन भवनमा गितारका तार गुञ्जिन थालेसँगै युवाहरूको उत्साह पनि चुलिँदै थियो। मैदानमा उभिएका हजारौँ दर्शकको ध्यान एउटै स्टेजमा केन्द्रित थियो । कोही साथीहरूसँगै गीत गुनगुनाइरहेका थिए, कोही मोबाइलमा ती क्षण कैद गर्दै थिए। केही युवा संगीतको तालमा झुमिरहेका थिए। जैन भवनको मैदानमा त्यस साँझ संगीत सुन्ने मात्र होइन, त्यसैमा रमाउनेहरूको जमघट थियो। विराटनगर-४ का २१ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play