काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भू-भाग र कोशी प्रदेशको पहाडी भु-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । तराई भू-भागका केही स्थानमा तुवाँलो लागेको जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा लुम्बिनी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । The post देशका केही स्थानमा आज हिमपात र बर्षाको सम्भावना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
देशका केही स्थानमा आज हिमपात र बर्षाको सम्भावना

Read Complete Original Article
Published originally on कर्पोरट खबर






