Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

देवकोटा जयन्ती र साहित्यको सीमावलोकन

Share:WhatsAppFacebookX (Twitter)Telegram
देवकोटा जयन्ती र साहित्यको सीमावलोकन
Photo / Coverage: हिमालय टाइम्स

नेपाली साहित्यिक आकाशमा सदैव उज्ज्वल नक्षत्रका रुपमा रहेका महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म विक्रम सम्वत १९६६ कार्तिक २७ गते लक्ष्मी पूजाको दिन धोबीधारा दिल्ली बजार काठमाडौँमा भएको थियो । लक्ष्मी पूजाको दिन लक्ष्मीको प्रसाद स्वरूप जन्मिएता पनि सरस्वतीको वरदान पाएका महाकविले १० वर्षकै कलिलो उमेरबाट कविता लेख्न सुरुवात गरेका थिए । कलिलो उमेरबाटै साहित्यमा विशेष अभिरुचि राख्ने देवकोटा एकदिन गएर महाकवि बन्नेछन् भन्ने कसैले सोचेका थिएनन् तर लगाव, साधना र मिहिनेतले देवकोटालाई नेपाली साहित्य इतिहासमा प्रतिमान नै स्थापित गर्ने अवसर प्रदान गर्‍यो । देवकोटा कविता यात्रामा स्वच्छन्ततावादी कविका रूपमा देखा परे भने २००४ सालपछि भने उनका कविता यात्रालाई प्रगतिवादी कविको रुपमा व्याख्या विश्लेषण हुने गरेको पाइन्छ । उनको मूलभूत प्रवृत्तिलाई केलाउने हो भने उनी स्वच्छन्दतावादी कवि नै हुन् । द्रुत वा आशुलेखन उनको अर्को महत्त्वपूर्ण विशेषता थियो । आधुनिक नेपाली कविताको दोस्रो मोड स्वच्छन्दतावादी धाराका प्रवर्तकका रूपमा समेत रहेका देवकोटा पूर्णिमाको जलदी १९९१ शारदा पत्रिकामा प्रकाशित भएपछि औपचारिक रूपमा साहित्यिक यात्रा गरेको पाइन्छ । गोरखापत्रमा गरिब कविता प्रकाशित भएपछि कविताको क्षेत्रमा प्रवेश गरेको पाइन्छ । देवकोटा कुनै निश्चित विधाका मात्र परिचित पात्र थिएनन् उनी साहित्यिक वाङ्मयका बहुआयामिक प्रतिभा थिए त्यसैले पनि उनले साहित्यका हरेक विधामा आफ्ना कलमहरू मुखरित गर्न पछि परेनन् । साहित्यका प्राय सबै विधामा कलम चलाउने देवकोटा कवि र निबन्धकारका रूपमा सर्वोकृष्ट र सफल मानिन्छन्। उनका फुटकर कविता, खण्डकाव्य एवं महाकाव्य गरी तिनै आयाममा नेपाली साहित्य कला र भाषाको उत्थान र प्रवर्धनका लागि उनले महत्वपूर्ण योगदान पुर्‍याएका छन् । देवकोटाको कविता यात्रालाई हेर्ने हो भने १९७६ देखि १९९० सम्मको अवधि लाई पृष्ठभूमि र अभ्यासकाल को रूपमा लिन सकिन्छ भने १९९१ देखि २००३ सम्म पूर्वाध र २००३ देखि २०१६ सम्मको अवधि लाई उत्तरार्धकालको रुपमा र चित्रण गर्न सकिन्छ । देवकोटा कविता यात्रामा स्वच्छन्ततावादी कविका रूपमा देखा परे भने २००४ सालपछि भने उनका कविता यात्रालाई प्रगतिवादी कविको रुपमा व्याख्या विश्लेषण हुने गरेको पाइन्छ । उनको मूलभूत प्रवृत्तिलाई केलाउने हो भने उनी स्वच्छन्दतावादी कवि नै हुन् । द्रुत वा आशुलेखन उनको अर्को महत्त्वपूर्ण विशेषता थियो । अर्को अर्थमा भन्ने हो भने उनका लेखनमा राष्ट्रियता एवं देशभक्तिपूर्ण भावनाको बिम्बात्मक प्रयोग भएको अधिकांश कृतिमा पाइन्छ । त्यसैले उनलाई कसैले क्रान्तिकारी, विद्रोही, प्रगतिशील वा स्वच्छन्दतावादी पनि भन्ने गर्दछन् । खैर जे होस् लक्ष्मीप्रसाद देवकोटा नेपाली कला साहित्य, भाषा र बाङ्मयका उज्ज्वल नक्षत्र हुन । उनका कृतिमा प्रयोग हुने अनेक प्रकारका बिम्बहरूले सैद्धान्तिक र वैचारिक रूपमा प्रगतिशील मानवतावादको प्रचुर प्रयोगलाई दर्शाउँदछ । अर्को अर्थमा भन्ने हो भने देवकोटाका कृतिहरूमा यथार्थपन र वास्तविकतालाई गतिलो सन्देश संवादको रूपमा सन्देश प्रदान गरेको अनुभूति गर्न सकिन्छ । उनको काव्यात्मक शैलीलाइ चित्रण गर्ने हो भने मुनामदन, के नेपाल सानो छ, जस्ता कृतिहरूले देवकोटालाई प्रकृतिवादी, देशप्रेमी, मानवतावादी, यथार्थवादी र प्रगतिशील साहित्यिक धरोहरको रुपमा विवेचना गर्नु बान्छनीय देखिन्छ । उनका कृतिहरूमा देखिने आत्मपरकताको दृष्टिबोधबाट उनले मानव सभ्यतालाई प्रकृतिको मूहानको रूपमा लिएका छन् । सोअर्थमा पनि उनी भौतिकवादी दृष्टिकोण र आदर्शमा पूर्ण विश्वस्त थिए भन्ने कुरालाई जिकिर गर्दछ । तर, २०१० मा प्रकाशित चर्चित गद्य कविता पागल शीर्षकको कविताको बिम्बलाई विश्लेषण गर्ने हो भने उनी नास्तिकतावादबाट आस्तिकवादतर्फ केन्द्रित भएको हो कि भन्ने पनि शंका गर्ने ठाउँ देखिन्छ । त्यसकारण देवकोटालाई कुनै एक बिम्बबाट मात्र चिनियो भने त्यो अधुरो हुन्छ, उनी यथार्थमा बहुआयामिक विशेषताका साहित्यिक स्रष्टा थिए । विक्रम सम्वत २०१६ सालमा नेपालको शिक्षा मन्त्रीको रुपमा पनि देवकोटालाई देख्न पाइएको थियो । शिक्षा मन्त्रालयमा रहँदा साहित्यको विकास र नेपालीभाषाको पुनरुत्थानका लागि उनले योगदान पुर्‍याएका थिए, भनिन्छ देवकोटा २७ भाषाका ज्ञाता थिए । वास्तवमा उनले नेपाली समाज र नेपाली भाषा कला र संस्कृतिलाई ठूलो गुण लगाएका छन् । उनले समाज, राजनीति र भूगोलको विशेष चासो राख्दथे । उनको बसोस्थान डिल्लीबजार भएकाले पनि डिल्लीबजारका चिया पसलहरूमा उनको बाक्लो उपस्थिति रहने गर्दथ्यो । भनिन्छ डिल्लीबजारको ल्याप्टेन बाजेको पसललाइ साहित्यिक अनुष्ठान क्षेत्र नै बनाएका थिए । समाजसँग अन्तरघुलित हुने उनको अर्को विशेषता थियो । देवकोटा जयन्तीमा मात्र कुण्ठित गरेर पुग्दैन उनका कृतिहरूलाई आजको वर्तमान समयमा पनि पर्गेल्नुपर्ने आवश्यकता र महत्त्व उत्तिकै छ । नेपाली भाषा कला र संस्कृतिमा वर्तमान समयमा आएका नव चुनौती र समस्याहरूलाई देवकोटाका कृतिहरूले समाधान र निरुपणको सन्देश प्रवाह गर्न सक्दछ । तसर्थ देवकोटाका साहित्यिक कृतिहरूमा आज पनि हामीले सीमावलोकन गर्न जरुरी छ । देवकोटाका दर्जनौं कृतिहरू प्रख्यात छन्, मुना मदन, शाकुन्तल, सुलोचना, कुञ्जिनी, राजकुमारी, भिखारी, पागल, बादुली, महाराणा प्रताप, प्रमिथस जस्ता महाकाव्य खण्डकाव्य, निबन्ध र कविता गरी दर्जनौं कृतिहरू चर्चित र कालजयी छन् । तर, अनेकौं विशेषता हुँदाहुँदै पनि देवकोटाको आर्थिक अवस्था र वैक्तिक जीवन भने भिन्न किसिमको देखिन्छ । सामान्य घर घरानामा जन्मिएका देवकोटालाई आर्थिक तनावले भने कहिले छोडेन । छोराको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि आफ्ना कृतिहरू समेत बेच्नु परेको थियो । उनले आर्जन गर्ने आम्दानीहरूबाट गरिब भोका नांगाहरूलाई वितरण गर्ने गर्दथे । देवकोटाको यो रवैयाबाट पारिवारिक असन्तुष्टि पैदा हुनु पनि कुनै नौलो विषय थिएन । तर, उनले परिवारभन्दा पनि बाहिरको समाजप्रति गहिरो चिन्तन राखेको उनको जीवनीबाट प्रष्ट हुन्छ । तसर्थ देवकोटालाई अनेकौं उपमा दिनुको साटो उनलाई प्रखर समाजवादी र मानवतावादी पुरुषार्थ भनियो भने सबैका लागि न्याय हुन्छ जस्तो लाग्छ । वास्तवमा लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका कालजयी पात्र हुन । उनले नेपाली भाषा कला संस्कृति र साहित्यको विकासका लागि उल्लेखनीय योगदान पुर्‍याएका छन् । देवकोटा जयन्तीमा मात्र कुण्ठित गरेर पुग्दैन उनका कृतिहरूलाई आजको वर्तमान समयमा पनि पर्गेल्नुपर्ने आवश्यकता र महत्त्व उत्तिकै छ । नेपाली भाषा कला र संस्कृतिमा वर्तमान समयमा आएका नव चुनौती र समस्याहरूलाई देवकोटाका कृतिहरूले समाधान र निरुपणको सन्देश प्रवाह गर्न सक्दछ । तसर्थ देवकोटाका साहित्यिक कृतिहरूमा आज पनि हामीले सीमावलोकन गर्न जरुरी छ । आजको आधुनिक समयमा साहित्यमा मौलाएका विकृति र विसंगतिहरूलाई चिर्न सक्नु नै देवकोटा जयन्ती मनाउनुको सार्थकता रहन्छ । हरेक वर्षको औंशी तिथिमा पर्ने लक्ष्मी पूजाका दिन देवकोटाको स्मरण गरेता पनि देवकोटाले देखाएका साहित्यिक बाटाहरू र कलमका यात्राहरू पछ्याउन हामीले कहिले बिर्सिनु हुँदैन । देवकोटाका कृतिहरूमा ब्रह्माण्डको एउटा हिस्सा लुकेको छ, नेपाली समाजको वास्तविक यथार्थता झल्किएको छ, प्रकृति र वैश्विक मानवतावादको सपाट विश्लेषण गरिएको छ भन्ने भावबाट आजको समाजलाई दिशाबोध गर्न सक्यो भने समाजको विकास मात्र होइन साहित्यको विकास पनि भएर जान्छ । देवकोटाले देखाएका मार्गहरू पछ्याउन सकियो भने भविष्यमा हामी पनि पथ प्रदर्शक भएर नवपुस्तालाई बाटो देखाउन सक्दछौँ । कला भाषा साहित्य र सभ्यता भनेको कुनै पनि समाजलाई श्रृंगार गर्ने तन्तु हो । कला, भाषा, साहित्यले देशको परिचयलाई पनि अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न सक्दछ । तसर्थ साहित्यको विकास र साहित्यकर्मीहरूको ऐतिहासिक विरासतलाई हामीले हाम्रो जिम्मेवारी ठानेर अघि बढ्यौ भने समाज सही मार्गतर्फ केन्द्रित हुन सक्दछ । तसर्थ लक्ष्मी पूजाका दिनपर्ने ११८ औँ देवकोटा जयन्ती देशभर विशेष कार्यक्रम गरी मनाउँ । देवकोटाले हामी र हाम्रो समाजलाई दिन खोजेको शिक्षा ग्रहण गरौँ र त्यसलाई व्यवहारमा उतारौं । देवकोटाली कला भाषा र साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानलाई सदैव सम्मान गरौं । अबको नयाँ पुस्तालाई साहित्यको चेतना जागृत गरौं । मानवताको बाटो बिराएका आजका मान्छेहरूलाई मानवताको बाटोमा केन्द्रित हुन आह्वान गरौं । वास्तवमा यसो गरियो भने मात्र देवकोटा जन्म जयन्ती मनाउनुको औचित्य साबित हुनेछ र साहित्यको विकासमा साँच्चै हामीले सीमावलोकन गरिरहेका छौँ भन्ने कुरा नयाँ पुस्तालाई उजागर हुन सक्दछ । देवकोटा जयन्तीको शुभकामनाका साथै तिहार पर्वको शुभकामना । सुद्धोधन ४ रुपन्देही

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नरक चतुर्दशी : सत्कर्मको मार्ग अपनाउन प्रेरित गर्ने पर्व
Latest NewsJust now

नरक चतुर्दशी : सत्कर्मको मार्ग अपनाउन प्रेरित गर्ने पर्व

• नरक चतुर्दशी पर्व यमपञ्चकको महत्वपूर्ण दिन हो, जसले धार्मिक, आध्यात्मिक र दार्शनिक महत्व बोकेको छ। • यस दिन स्नान, तर्पण र यमदीप दान गर्ने परम्परा रहेको छ, जसले मानिसलाई असल कर्म गर्न र गलत कार्यबाट टाढा रहन प्रेरित गर्दछ। • चन्द्रोदयको समयमा स्नान र दीपदान गर्ने चलनले जीवनमा ज्ञानको ज्योतिले मार्गदर्शन गर्न सकोस् भन्ने सन्देश दिन्छ। ...

नेपालबहस
सहरको मागले गाउँमा घिउ अभाव
Latest NewsJust now

सहरको मागले गाउँमा घिउ अभाव

प्रकाश नेपालइलाम, कात्तिक २२ गते । इलामका गाउँमा उत्पादन हुने घिउ काठमाडौँ, बुटवल, विराटनगरलगायतका सहरमा माग बढेपछि जिल्लामै घिउको अभाव देखिन थालेको छ । ठुला सहरका व्यापारी गाउँमै... ...

गोरखापत्र
जनकपुरधाममा मनाइयो हनुमान जयन्ती
Latest NewsJust now

जनकपुरधाममा मनाइयो हनुमान जयन्ती

जनकपुरधाम। हिन्दु धर्मावलम्बीहरू यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाइरहेका बेला जनकपुरधाममा शनिबार हनुमान जयन्ती मनाइएको छ। हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजनकीर्तनलगायत कार्यक्रम आयोजना गरेको छ। यसअघि परिषद्ले हनुमान जयन्तीको अवसरमा जनकपुरधामस्थित रेल्वे स्टेसनबाट शोभायात्रा निकाली नगर परिक्रमा गरेको थियो। शोभायात्रामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवको पनि सहभागिता रहेको थियो। सभामुख यादवले भगवान् हनुमान हिन्दु ...

लुम्बिनी सञ्चार
घट्यो फूल र मालाको मूल्य
Latest NewsJust now

घट्यो फूल र मालाको मूल्य

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २२ गते । बजारमा फूल र मालाको मूल्य घटेको छ । तिहार ढिला परेको र फूल फूल्ने समय भएकाले पनि मूल्य घटेको व्यवसायीको भनाइ छ । गत वर्षको तुलनामा सय... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play