Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

देउसी भैलोमा अश्लील नृत्य गर्ने २ जना प्रहरी नियन्त्रणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउसी भैलोमा अश्लील नृत्य गर्ने २ जना प्रहरी नियन्त्रणमा
Photo / Coverage: पर्दाफास

नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक मर्यादाविपरीत सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तिहार तथा भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । राति करिब ११ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको चन्दले बताए । प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा देवदह नगरपालिका–७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ निवासी २९ वर्षीया प्राभी बस्नेत रहेका छन् । उनीहरूले नेपाली मौलिक कला, संस्कृति, सामाजिक सद्भाव तथा नैतिकतामा प्रतिकूल असर पर्ने गरी सार्वजनिक स्थलमा अश्लील नृत्य प्रदर्शन गरेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले परम्परागत तिहार तथा भैलो कार्यक्रमका नाममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षणविपरीत स्वेच्छाचारी तथा अमर्यादित तरिकाले अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन नगर्न आग्रह गरेको छ । यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिँदै प्रहरीले सांस्कृतिक पर्वको मर्यादा कायम राख्न सबैमा अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते
OthersJust now

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई तल्ले घरमा आगलागी भएको हो । आगलागीबाट उनको २६ वर्षीया छोरी निशा कार्की घाइते भएकी छन् । आगलागीबाट उनको… ...

अनलाइन खबर
उत्तराखण्डका मन्त्री सतपालले भने- प्रधानमन्त्री बालेनको भ्रमणमा पञ्चेश्वर परियोजनाबारे छलफल हुन्छ
OthersJust now

उत्तराखण्डका मन्त्री सतपालले भने- प्रधानमन्त्री बालेनको भ्रमणमा पञ्चेश्वर परियोजनाबारे छलफल हुन्छ

भारतको उत्तराखण्डका मन्त्री सतपाल महाराजले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासँगै कञ्चनपुरको दोधारा–चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहबारे छलफल हुने बताएका छन् । ...

अनलाइन खबर
बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री मेहता सहभागी
OthersJust now

बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री मेहता सहभागी

श्रीलंकाको कोलम्बोमा आयोजित बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिम्स्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता सहभागी भएकी छन् । बैठकमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मन्त्री मेहताले क्षेत्रीय जनस्वास्थ्य सहकार्य, संक्रामक तथा पशुजन्य रोग नियन्त्रण, एन्टिमाइक्रोबियल प्रतिरोध र जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावबारे नेपालको धारणा प्रस्तुत गरेकी थिइन् । उनले स्वास्थ्य आपत्कालीन अवस्थाको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play