Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा
Photo / Coverage: पर्दाफास

तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा आधुनिक गीतसंगीत र प्रविधिको प्रभाव बढ्दै गएको छ । परम्परागत लोकभाका, बाजागाजा र सामूहिक नाचगानको स्थान आधुनिक गीत र साउण्ड सिस्टमले लिन थालेपछि देउसीभैलोको मौलिकता हराउँदै गएको छ । तिहार सुरु भएसँगै बागलुङ बजारका चोक तथा बस्तीमा देउसीभैलोको चहलपहल बढेको छ । यस वर्ष शनिबारदेखि नै देउसीभैलो खेल्न थालिएको बजारमा ठूला साउण्ड सिस्टममा आधुनिक गीत बजाएर नाच्ने क्रम बढेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा सहभागी भएर रमाइरहेका छन् । तर, बजारमा देखिएको चहलपहलमा परम्परागत देउसीभैलोको शैली भने कमै देखिन्छ । कुनै समय मादल, बाँसुरी र खैँजडीको तालमा सोरठी, मारुनी, कौरा, यानीमाया, सुनिमाया र झ्याउरे भाकामा देउसीभैलो खेल्ने चलन थियो । गीतमार्फत गाउँघरका सुखदु:ख, सामाजिक अवस्था र जनजीवनका कथाव्यथा प्रस्तुत गरिन्थ्यो । अहिले यस्ता मौलिक भाका र नाच क्रमशः हराउँदै गएका छन् । रेकर्ड गरिएका आधुनिक गीतमा नाच्ने र ठूलो आवाजमा संगीत बजाउने प्रवृत्ति बढ्दा देउसीभैलोको परम्परागत शैली संकटमा परेको छ । स्थानीय प्रेम श्रेष्ठले पछिल्लो समय देउसीभैलोको मौलिकतामा ठूलो परिवर्तन आएको बताए । पश्चिमा संस्कृतिको प्रभाव र नयाँ पुस्ताले मौलिक कला तथा संस्कृतिको संरक्षणमा पर्याप्त चासो नदिँदा परम्परागत देउसीभैलोको पहिचान कमजोर बन्दै गएको उनको भनाइ छ । ‘पहिले मादल, बाँसुरी र खैँजडी बजाएर गीतमार्फत कथा, व्यथा र सामाजिक सन्देश सुनाइन्थ्यो । अहिले देउसीभैलोमा आधुनिकता र विकृति मिसिँदै गएको छ’, श्रेष्ठले भने । बागलुङ बजारका रबीप्रसाद शर्माले आधुनिक प्रविधिको विकास र देखासिकीका कारण देउसीभैलोको मौलिकता हराउँदै गएको बताए । तिहार र देउसीभैलो नेपाली समाजको सांस्कृतिक पहिचान भएकाले यसको मौलिक स्वरूप जोगाउनुपर्ने उहाँको भनाइ छ । युवा पुस्ताले परम्परागत गीत, सङ्गीत र नाचप्रति चासो नदेखाउँदा आधुनिक तथा पश्चिमा शैली हाबी हुँदै गएको उनले बताए। यद्यपि, सबै देउसीभैलो टोली आधुनिक शैलीमा मात्र सीमित छैनन् । केही समूहले पुराना भाका र संस्कृतिलाई निरन्तरता दिने प्रयास पनि गरिरहेका छन् । भकुण्डे टोल समूहले पाका पुस्ताबाट मौलिक गीत र नाच सिकेर नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले परम्परागत शैलीमा देउसीभैलो खेल्दै आएको छ । देउसीभैलो मनोरञ्जन र दक्षिणा संकलन गर्ने माध्यम मात्र नभई नेपाली समाजको कला, संस्कृति, भाषा र सामूहिक एकताको अभिव्यक्ति पनि हो । समयअनुसार यसको शैलीमा परिवर्तन आउनु स्वाभाविक भए पनि मौलिक बाजा, भाका र नाचको संरक्षण हुन नसके तिहारसँग जोडिएको सांस्कृतिक पहिचान नै कमजोर बत्रे चिन्ता बढेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्सा र सिरहामा आगोलागी, ५० लाख बढीको क्षति
OthersJust now

पर्सा र सिरहामा आगोलागी, ५० लाख बढीको क्षति

२४ कात्तिक, काठमाडौं । सिराहा, विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर टोल बस्ने ५९ वर्षीय नागेश्वर यादवको घरमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा करिब २० लाख ६७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-११ त्रिमूर्ती चोक बस्ने सुरेश प्रसाद साहले आफ्नै घरमा संचालन गरेको राज हार्डवेयर पसलमा विद्युत सर्ट भई… ...

अनलाइन खबर
इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो
OthersJust now

इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो

यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक प्रगति भइरहेको बताएका थिए । ...

अनलाइन खबर
सामुदायिक बनमा भेटियो भरुवा बन्दुक
OthersJust now

सामुदायिक बनमा भेटियो भरुवा बन्दुक

२४ कात्तिक, डोल्पा । काइके गाउँपालिका-४ गयास्थित सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...

अनलाइन खबर
देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?
OthersJust now

देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?

‘पहिलेको जस्तो तिहारको रौनक, साथीभाइको जमघट र देउसी-भैलोको उमङ्ग हराउँदै गएको छ ।’ गृहमन्त्री सुदन गुरुङले सोमबार साँझ लेखे, ‘त्यसमाथि प्रशासनका कडा नियमले चाडलाई झनै खल्लो बनाइदियो ।’ गृहमन्त्रीले यी पङ्क्तिहरूसँगै एउटा विज्ञप्ति पनि जारी गरेका थिए । उक्त विज्ञप्तिको मुख्य बुँदा थियो, ‘अबदेखि देउसी-भैलोमा समयको कुनै पाबन्दी छैन । २४ सै घण्टा निर्धक्क खेल्नुहोला… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play