Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

देउवा समूहको समानान्तर महाधिवेशन खुलामञ्चमा हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा समूहको समानान्तर महाधिवेशन खुलामञ्चमा हुने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। समूहको महाधिवेशन आयोजक समितिको बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले केन्द्रीय महाधिवेशनका लागि खुलामञ्च छनोट गरिएको जानकारी दिएका हुन्। देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा आजदेखि बैठक बसिरहेको छ। बैठकमा पोखरेलले केन्द्रीय महाधिवेशन खुलामञ्चमा आयोजना गर्ने निर्णय भएको जानकारी गराएका थिए। उनका अनुसार निर्वाचन प्रयोजनका लागि खुलामञ्चमै साना–साना निर्वाचन स्थल निर्माण गरी मतदान तथा निर्वाचन प्रक्रिया सञ्चालन गरिनेछ। पोखरेलले हालसम्म ५९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको जानकारी पनि दिएका छन्। बाँकी जिल्लाका अधिवेशन र प्रदेश अधिवेशनको मिति समेत तय भइसकेको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ढाका उद्यमी र भैंसीपालक किसान बने पाल्पाका उत्कृष्ट उद्योगी
Latest NewsJust now

ढाका उद्यमी र भैंसीपालक किसान बने पाल्पाका उत्कृष्ट उद्योगी

पौड्यालको ढाका उद्योगले ४० जनाभन्दा बढीलाई रोजगारी दिएको छ भने अर्यालले ५० भैंसीमार्फत दुग्ध उत्पादन बढाएका छन्। ...

कान्तिपुर
खेलकुद 'महाकुम्भ' सफल बनाउन नगरपालिका सक्रिय: नगरप्रमुख ढकाल
Latest NewsJust now

खेलकुद 'महाकुम्भ' सफल बनाउन नगरपालिका सक्रिय: नगरप्रमुख ढकाल

राजनीतिक दलदेखि व्यवसायीसम्मसँग समन्वय गर्दै वीरेन्द्रनगरले दसाैं राष्ट्रिय खेलकुदलाई सुरक्षित, आकर्षक र सफल बनाउन स्रोतसाधन परिचालन गर्ने जनाएको छ। ...

कान्तिपुर
तथ्याङ्कमा १५ वर्षीय वैभव सूर्यवंशीको विश्व कीर्तिमान
Latest NewsJust now

तथ्याङ्कमा १५ वर्षीय वैभव सूर्यवंशीको विश्व कीर्तिमान

दोहा । दोहामा जारी एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा भारत ‘ए’ का १५ वर्षीय ब्याटर वैभव सूर्यवंशीले युएईविरुद्ध ५३ बलमा २०४ रनको अविश्वसनीय इनिङ्स खेल्दै लिस्ट ‘ए’ क्रिकेट इतिहासमै सबैभन्दा... ...

रातोपाटी
बुढीगण्डकी जलविद्युत् आयोजनास्थलमा आवश्यक कार्यालय भवन र पुलको शिलान्यास
Latest NewsJust now

बुढीगण्डकी जलविद्युत् आयोजनास्थलमा आवश्यक कार्यालय भवन र पुलको शिलान्यास

सभामुख डोलप्रसाद (डीपी) अर्याल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बुधबार गोरखास्थित सिउरेनीटारमा क्याम्प र पुलको शिलान्यास गरेका हुन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement