काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औं केन्द्रीय महाधिवेशनको तयारीका लागि पाँचवटा समिति संयोजक तोकेको छ । महाधिवेशन मूल तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले पाँचवटै समितिका संयोजक तोकेका हुन्। महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले प्रचारप्रसार, अतिथि सत्कार, स्वयंसेवक परिचालन, सांस्कृतिक कार्यक्रम र स्वास्थ्य व्यवस्थापनको जिम्मेवारी छुट्टाछुट्टै समितिलाई दिइएको हो । प्रचारप्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महत चयन भएका छन् । अतिथि सत्कार तथा समन्वय समितिको जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदलाई दिइएको छ । त्यस्तै, प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्की तोकिएका छन् । मंसिर ९ गते बसेको महाधिवेशन तयारी समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई जिम्मेवारी दिइएको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जानकारी दिए ।
देउवा पक्षको महाधिवेशनका लागि ५ समिति संयोजक तोकिए

Read Complete Original Article
Published originally on नेपालन्युज






