Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

दूरसञ्चार सेवाको गुणस्तर मापदण्ड कार्यान्वयनमा कुनै बहाना स्वीकार्य हुँदैन : प्राधिकरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
दूरसञ्चार सेवाको गुणस्तर मापदण्ड कार्यान्वयनमा कुनै बहाना स्वीकार्य हुँदैन : प्राधिकरण
Photo / Coverage: टक्सार

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर सुधारका लागि निर्धारण गरिएको मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ। बिहीबार काठमाडौंमा आयोजित ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था र सञ्चार सेवाको गुणस्तर’ विषयक अन्तरक्रियामा प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सेवा प्रदायकले प्राधिकरणले तोकेको गुणस्तरसम्बन्धी मापदण्ड पूरा गर्नैपर्ने बताए। मापदण्ड कार्यान्वयनमा कुनै बहाना वा छुट स्वीकार्य नहुने उनको भनाइ छ। सेवा प्रदायकले गुणस्तर सुधारका योजना बनाए पनि कार्यान्वयनमा भने अझै कमजोरी रहेको अर्यालले बताए। उनका अनुसार प्राधिकरणले प्रत्येक आर्थिक वर्ष सेवा प्रदायकसँग गुणस्तर सुधार योजना माग गर्दै आएको छ। योजनामा टावर थप्ने र फ्रिक्वेन्सीको प्रयोग विस्तार गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेको उनले बताए। प्राधिकरणका अनुसार सेवा प्रदायकले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा ड्राइभ टेस्ट गरी त्यसको प्रतिवेदन प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था छ। ड्राइभ टेस्टमा सहरी, ग्रामीण, तराई तथा दुर्गम हिमाली क्षेत्र समेटिनुपर्नेछ। देशभर एकैपटक परीक्षण गर्न सम्भव नभएकाले कम्तीमा ८०० देखि ९०० किलोमिटर क्षेत्र समेटेर सबै भौगोलिक क्षेत्रको प्रतिनिधित्व हुने गरी परीक्षण गर्नुपर्ने व्यवस्था रहेको अर्यालले जानकारी दिए। ‘गुणस्तरका लागि हामीले ड्राइभ टेस्ट गर्नुपर्ने प्रावधान बनाएका छौँ। देशैभरि एकैचोटि गर्न त सकिँदैन। कम्तीमा ८०० देखि ९०० किलोमिटरको वरपर सहरी, ग्रामीण, तराई र विकट हिमाली क्षेत्र सबै समेटिने गरी सेवा प्रदायकले आफैँ गर्नुपर्छ,’ उनले भने, ‘त्यसरी ड्राइभ टेस्ट गरेर प्राधिकरणमा रिपोर्ट गर्नुपर्ने आवश्यकता छ।’ अर्यालले सेवाग्राहीका गुनासो सम्बोधनमा पनि सेवा प्रदायकले विशेष ध्यान दिनुपर्ने बताए। आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणमा ३३९ वटा डेटा सेवा र ९६ वटा मोबाइल भ्वाइस सेवासम्बन्धी गुनासो दर्ता भएको उनले जानकारी दिए। प्राधिकरणमा प्राप्त सबै गुनासोलाई गुनासो व्यवस्थापन प्रणालीमार्फत सम्बन्धित सेवा प्रदायककहाँ पठाएर समाधानका लागि निर्देशन दिने गरिएको उनले बताए। सेवा सम्बन्धी समस्या भएमा सुरुमा सम्बन्धित सेवा प्रदायककहाँ गुनासो गर्नुपर्ने र त्यहाँबाट सुनुवाइ नभएपछि मात्र प्राधिकरणमा आउनुपर्ने कानुनी व्यवस्था रहेको उनले स्पष्ट पारे। सामाजिक सञ्जालमा सेवाग्राहीले व्यक्त गरेका गुनासो पनि सेवा प्रदायकका लागि महत्वपूर्ण प्रतिक्रिया भएकाले त्यसलाई समेत सम्बोधन गर्नुपर्ने अर्यालले बताए। प्राधिकरणमा औपचारिक रूपमा दर्ता नभए पनि सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट आएका गुनासोलाई सेवा प्रदायकले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ। दूरसञ्चार सेवा अत्यावश्यक सेवाका रूपमा स्थापित भइसकेकाले सेवाग्राहीको गुनासो सम्बोधनलाई प्राथमिकता दिनुपर्ने उनले बताए। प्राधिकरणले नयाँ प्रविधि तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार दूरसञ्चार सेवाको गुणस्तर मापन गर्ने प्रमुख कार्यसम्पादन सूचक (केपीआई) तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै जाने अर्यालले जानकारी दिए। ‘प्राधिकरणबाट तोकिएको मापदण्डमा दायाँबायाँ गर्ने छुट छैन। त्यसमा अगाडि बढ्नैपर्छ,’ उनले सेवा प्रदायकलाई आग्रह गरे। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
संसद खुलेलगत्तै हंगामा गर्ने तयारीमा विपक्षी दल, सडक तताउन संगठन ‘अलर्ट’मा
Latest NewsJust now

संसद खुलेलगत्तै हंगामा गर्ने तयारीमा विपक्षी दल, सडक तताउन संगठन ‘अलर्ट’मा

‘काठमाडौँ सदन र देशभरका सडकमा अब एमाले चर्को हुनेछ।’ सरकारविरुद्ध संसद् र सडक दुवैबाट प्रतिवाद गर्ने तयारीमा रहेको नेकपा एमालेका सांसद गुरु बरालले पार्टीको  रणनीतिबारे नेपालखबरलाई दिएको प्रतिक्रिया हो यो। उनका अनुसार संसद खुलेकै दिन एमाले चर्काे सुनिनेछ। संसद् अधिवेशन कहिले बोलाउने भन्ने निर्णय सरकारले गर्न बाँकी छ। प्रतिपक्षले मात्रै ... ...

नेपालखबर
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
Latest NewsJust now

सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का,... ...

रातोपाटी
नेपाली र अमेरिकी सेनाबिच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने
Latest NewsJust now

नेपाली र अमेरिकी सेनाबिच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने

काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबिच ‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा ज्ञान तथा अनुभव आदानप्रदान हुने भएको... ...

रातोपाटी
मुस्ताङको लोमान्थाङमा भारतले बनाइदियो विद्यालयको छात्रावास भवन
Latest NewsJust now

मुस्ताङको लोमान्थाङमा भारतले बनाइदियो विद्यालयको छात्रावास भवन

मुस्ताङ- मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ स्थित श्री दिव्य दीप माध्यमिक विद्यालयमा भारतीय सरकारको सहयोगमा निर्माण गरिएको छात्रावास भवन उद्घाटन गरिएको छ। शुक्रबार भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा नवनिर्मित छात्रावास भवनको उद्घाटन गरेका हुन्। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिएको उक्त […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement