Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

दुर्घटना बढेपछि बल्खु–हेटौँडा रुटमा सवारी सञ्चालनको समय तोकियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुर्घटना बढेपछि बल्खु–हेटौँडा रुटमा सवारी सञ्चालनको समय तोकियो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौंको बल्खु हुँदै दक्षिणकाली मार्ग भएर हेटौँडा जाने यात्रुवाहक सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालयले नयाँ समयसीमा तोकेको छ । अब यस रुटमा चल्ने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ भने बिहान ५ बजेपछि मात्रै बल्खुबाट छुट्न पाउनेछन् । जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार यात्रु, चालक र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो । शुक्रबार जारी सूचनामार्फत प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले निर्धारित समयतालिका र सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् । प्रशासनका अनुसार पछिल्लो समय काठमाडौं–बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढ्दै गएको र मानवीय क्षतिसमेत हुने क्रम चिन्ताजनक छ । साँघुरो सडक, भिरालो तथा घुम्ती मार्ग, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति र रातिको समयमा यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको प्रशासनले जनाएको छ । त्यस्तै, चालकको अत्यधिक कार्यबोझ, अनिद्रा तथा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोलाई पनि दुर्घटनाका सम्भावित कारणका रूपमा औँल्याइएको छ । प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । साथै, काठमाडौं जिल्लाभित्र पर्ने प्रहरी युनिट र ट्राफिक प्रहरीलाई प्रत्येक यात्रुवाहक सवारीसाधन अनिवार्य जाँच गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न भनिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक
Latest NewsJust now

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो । ...

कान्तिपुर
विराटचोकबाट देशभर फैलिएको ‘पीएलओ’ ब्राण्ड
Latest NewsJust now

विराटचोकबाट देशभर फैलिएको ‘पीएलओ’ ब्राण्ड

विदेशी ब्रान्डको दबदबा रहेको बजारमा पीएलओले गुणस्तर, उत्पादन विविधता र वितरण सञ्जाल विस्तार गर्दै आफ्नो पहिचान स्थापित गरेको छ । ...

कान्तिपुर
चितवन राइनोजको जित, जनकपुर ४ विकेटले पराजित
Latest NewsJust now

चितवन राइनोजको जित, जनकपुर ४ विकेटले पराजित

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। चितवनको जितमा डाविड मलानले सर्वाधिक ३५ रन बनाए। त्यस्तै कुशल मल्लले १५, रवि बोपाराले १३ र कामिल मिशाराले १२ रन जोडे। बलिङतर्फ जनकपुरका राहुल यादवले ३, ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play