Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

दुई मोटरसाइकल ठोक्किँदा आगलागी, एकको मृत्यु, चार जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई मोटरसाइकल ठोक्किँदा आगलागी, एकको मृत्यु, चार जना घाइते
Photo / Coverage: नेपालन्युज

काठमाडौं। बर्दियाको बाँसगढीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडक खण्डमा भे.५ प ९१६१ र भे.११ प ८५६७ नम्बरका मोटरसाइकल ठोक्किएर आगलागी समेत भएको थियो। दुर्घटनामा गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय ओमकार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते उनलाई उपचारका लागि भारतको लखनउ लैजाने क्रममा मृत्यु भएको हो। दुर्घटनामा तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्म
Latest NewsJust now

सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्म

चिप निर्माता कम्पनी एनभिडियाले आफ्ना सीईओ जेन्सेन हुआङ र जासुस भनिएकी चिनियाँ महिला एलिस हुआङबिचको सम्बन्धका विषयमा अनुसन्धान गर्न अमेरिकाका सबैभन्दा ठुला ल फर्ममध्ये एकलाई जिम्मेवारी दिएको छ।  एनभिडियाले मंगलबार जनाएअनुसार कम्पनीले अनुसन्धानका लागि न्युयोर्कस्थित 'वाक्टेल, लिप्टन, रोजेन एन्ड काट्ज' नामको ल फर्म... ...

नेपालखबर
३८६ वर्ष लामो कात्तिक नाचको रोचक पक्ष
Latest NewsJust now

३८६ वर्ष लामो कात्तिक नाचको रोचक पक्ष

काठमाडौँ । ७६ वर्षपछि ऐतिहासिक ‘माधवानर लीला’ नाट्यकथा यस वर्ष प्रदर्शन हुने भएको छ । ललितपुरस्थित पाटन दरबारको पश्चिमतर्फ रहेको कात्तिक डबलीमा नाट्यकथा प्रदर्शन हुने भएको हो । सुप्रसिद्ध ‘कात्तिक नाच’... ...

रातोपाटी
ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते, दुईको अवस्था गम्भीर
Latest NewsJust now

ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते, दुईको अवस्था गम्भीर

अस्मिता सिंखडागोरखा, कात्तिक २५ गते । गोरखाको सिरानचोक गाउँपालिका –२ सिउरेनीमा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्र... ...

गोरखापत्र
कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते
Latest NewsJust now

कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित शुक्लाफाँटा आरक्षको जंगल क्षेत्रमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। बुधबार दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सुपप्र ०२–००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भिनपा ००१ ह ५२२ नम्बरको अटो ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक बेलडाँडी गाउँपालिका–२ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play