Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

दुई महिनादेखि नारायणी पुलमा अलपत्र ‘राइनो क्रुज’

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई महिनादेखि नारायणी पुलमा अलपत्र ‘राइनो क्रुज’
Photo / Coverage: विश्वखबर

काठमाडौं – चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अड्किएको नेपालकै पहिलो लक्जरी ‘राइनो क्रुज’ दुई महिनादेखि अलपत्र परेको छ । नेपालको जलपर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने दाबीसहित सञ्चालनमा ल्याइएको क्रुज अहिले गैँडाकोटतर्फ पुलको पहिलो पिल्लर नजिकै भग्नावशेष र खियाले ढाकिएको अवस्थामा छ । गत असोज ११ गते नारायणी नदीमा आएको बाढीले गैँडाकोट स्टेसनबाट करिब ६० टन तौलको क्रुज बगाएको थियो । बाढीको तीव्र बहावले बगाएर ल्याएको क्रुज नवलपुरतर्फ पुलको पहिलो पिल्लरमा अड्किएको थियो । त्यसयता दुई महिना बितिसक्दा पनि क्रुजलाई पूर्ण रूपमा हटाउन सकिएको छैन । क्रुज पुलको पिल्लरमा अड्किएपछि देशकै प्रमुख राजमार्ग जोड्ने नारायणी पुलको सुरक्षामाथि समेत चिन्ता बढेको थियो । त्यसलगत्तै स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियतामा ८० टन र ३५ टन क्षमताका दुईवटा क्रेनसहित थप मेसिन प्रयोग गरेर क्रुज निकाल्ने प्रयास गरिएको थियो । तर, क्रुजलाई पिल्लरबाट करिब चार मिटर मात्र पर सार्न सकियो। त्यसपछि उद्धारको काम अघि बढ्न सकेन । चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकै दिनमा क्रुज निकाल्ने दाबी गरेका थिए । तर, प्रारम्भिक निरीक्षणमा पुलमा ठूलो जोखिम नदेखिएको निष्कर्ष आएपछि क्रुज हटाउने काम सुस्तायो । त्यसपछि दसैँ र तिहारका लामो बिदाका कारण पनि प्रक्रिया थप लम्बिएको सञ्चालक पक्षको भनाइ छ । पानीमा तैरिनुपर्ने क्रुजका मुख्य पङ्खा (प्रोपेलर) अहिले नदीको सतहमा देखिन्छन् । क्रुजभित्र रहेका पर्यटकीय रेस्टुरेन्ट, पाहुना बस्ने स्थान तथा प्राविधिक उपकरणहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ठूलो पर्यटकीय सम्भावनासहित सञ्चालनमा ल्याइएको जलयान अहिले नदीमा कबाडजस्तै अवस्थामा छ । नदीको पानीको सतह घटिसक्दा पनि त्यसलाई किनारमा ल्याउन सकिएको छैन । क्रुज तत्काल किनारमा ल्याउन नसक्दा ठूलो भौतिक तथा आर्थिक क्षति बेहोर्नुपरेको सञ्चालक कम्पनी राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष दीपक ढुंगेलले बताए । उनका अनुसार मुख्य जलयानको भागमा मात्रै करिब १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको छ । क्रुजभित्रका होटल तथा भौतिक पूर्वाधारको बिमा भए पनि मुख्य जलयानको बिमा पोलिसी नभएकाले क्षतिपूर्ति दाबीमा कानुनी जटिलता थपिएको सञ्चालक पक्षको भनाइ छ । दसैँ र तिहारका लामो बिदा तथा स्थानीय प्रहरी र वडा कार्यालयबाट कानुनी मुचुल्का तयार पार्न समय लागेकाले क्रुज हटाउन ढिलाइ भएको अध्यक्ष ढुंगेलले बताए । अब क्रुजलाई साबिककै स्वरूपमा तानेर निकाल्न सम्भव नभएकाले काटेर टुक्राटुक्रा पारी हटाउने तयारी भइरहेको उनले जानकारी दिए । सरकारी प्रयासबाट क्रुज हटाउन नसकिएपछि प्रशासनले यसको व्यवस्थापन गर्ने जिम्मेवारी सञ्चालक कम्पनीलाई दिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले नारायणी पुलको सुरक्षालाई ध्यानमा राख्दै सडक डिभिजन कार्यालय भरतपुरमार्फत कम्पनीलाई क्रुज तत्काल हटाउन ताकेता गरेको थियो । पुलको पिल्लरमा क्रुज अड्किरहँदा संरचनाको सुरक्षामा जोखिम हुन सक्ने भएकाले कम्पनीलाई अविलम्ब हटाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले बताए । उनका अनुसार प्रशासनले घटनास्थलको अवस्थाबारे निरन्तर अनुगमन र फलोअप गरिरहेको छ। ‘हामीले स्थितिबारे निरन्तर अनुगमन र फलोअप गरिरहेका छौँ। कम्पनीले आफैँ काटेर हटाउने काम सुरु गर्ने जानकारी पाएका छौँ,’ उनले भने । क्रुज अड्किएलगत्तै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले क्रेनको सहायताले तत्काल निकाल्ने अभिव्यक्ति दिएका थिए । तर, दुई महिना बितिसक्दा पनि क्रुज पुलको पिल्लर नजिकै अलपत्र छ । दुवैतर्फका प्रशासनिक निकायबाट यसको व्यवस्थापनमा प्रभावकारी पहल हुन नसकेको भन्दै प्रश्न उठेको छ । नेपालकै पहिलो लक्जरी क्रुजका रूपमा प्रचार गरिएको यो परियोजना अहिले नारायणी नदीको बहाव र पुलको पिल्लरबीच अलपत्र अवस्थामा छ । यसले निजी क्षेत्रको करोडौँको लगानीमा ठूलो क्षति पुर्‍याउनुका साथै नदी पर्यटन सञ्चालनका लागि आवश्यक पूर्वतयारी, जोखिम व्यवस्थापन र सरकारी समन्वयको अवस्थामाथि पनि प्रश्न उठाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो
Latest NewsJust now

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

क्यानडा । क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक रूपमा आबद्ध भएको छ । यससँगै क्यानडा उक्त कोषमा सहभागी हुने २५औँ नेटो सदस्य राष्ट्र तथा... ...

रातोपाटी
बल्झिरहन्छ द्वन्द्वपीडितको घाउ
Latest NewsJust now

बल्झिरहन्छ द्वन्द्वपीडितको घाउ

सरिता दाहाल हेटौँडा, मङ्सिर ६ गते । द्वन्द्वका समयमा २०५२ वैशाख २६ गते बन्दीपुर ब्यारेकमा भएको भिडन्तले निर्मलामाया वाइबाले जीवनभरको चोट पाउनुभयो । दोहोर भिडन्तबाट गोली लागेपछि घाइ... ...

गोरखापत्र
रघुगङ्गाको रिसिनचौतारी–बैसरी सडक स्तरोन्नति गरिदै
Latest NewsJust now

रघुगङ्गाको रिसिनचौतारी–बैसरी सडक स्तरोन्नति गरिदै

ठाकुरप्रसाद आचार्य म्याग्दी, मंसिर ६ गते । गण्डकी प्रदेश सरकारको बजेटबाट म्याग्दीको रघुगङ्गा गाउँपालिका –२ मा पर्ने रिसिनचौतारी–बैसरी सडक स्तरोन्नतिको योजना सुरु गरिएको छ । पूर्वाध... ...

गोरखापत्र
दुधे रंगशालामा फ्लडलाइट जडानको प्रक्रिया अघि बढ्यो : नगर प्रमुख थोप्रा
Latest NewsJust now

दुधे रंगशालामा फ्लडलाइट जडानको प्रक्रिया अघि बढ्यो : नगर प्रमुख थोप्रा

झापा। निर्वाचनका बेला जनतासँग गरेको खेलकुद विकासको प्रतिबद्धता कार्यान्वयन गर्दै झापाको शिवसताक्षी नगरपालिकाले दुधे रंगशालामा फ्लडलाइट जडानको प्रक्रिया अघि बढाएको छ । नगरप्रमुख मेगाहाङ थोप्राले खेलकुदका माध्यमबाट नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने योजनाअनुसार रंगशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्ने तयारी गरिएको बताएका छन् । दोस्रो झापा महिला गोल्डकपको उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले पहिलो संस्करणको सफलतापछि खेलकुद पूर्वाधार विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play