Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

दुई देशका प्रधानमन्त्रीले गरे अयोध्या-जनकपुर रेल्वे सेवाको उद्घाटन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई देशका प्रधानमन्त्रीले गरे अयोध्या-जनकपुर रेल्वे सेवाको उद्घाटन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले आज भर्चुअल माध्यमबाट झण्डा फहराएर रेल सेवाको उद्घाटन गरेका हुन् । अयोध्याबाट जनकपुरधामसम्मको करिब ६०४ किलोमिटर दूरी रेलमार्फत करिब १९ घण्टामा पूरा हुनेछ । उत्तर प्रदेश र बिहारका विभिन्न शहरहुँदै सञ्चालन हुने यो रेल सेवाले धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै दुई देशबीचको सीमापार आवागमन सहज बनाउने अपेक्षा गरिएको छ । ‘जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेस’ नाम दिइएको रेल भारतको बिहारस्थित जयनगर रेल्वे स्टेसनहुँदै नेपाल प्रवेश गर्नेछ । रेलले जनकपुरधाम, जयनगर, मधुबनी, सिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर, अयोध्या धाम र अयोध्या क्यान्ट स्टेसनमा यात्रु चढाउने तथा ओराल्नेछ । रेल सेवा सातामा एक दिन दुवैतर्फ सञ्चालन हुनेछ । जनकपुरधामबाट अयोध्या क्यान्टसम्म जाने रेलको नम्बर १५५९५ र अयोध्या क्यान्टबाट जनकपुरधाम आउने रेलको नम्बर १५५९६ निर्धारण गरिएको छ । जनकपुरधामबाट अयोध्या जाने रेल शनिबार दिउँसो १:१० बजे प्रस्थान गरी आइतबार बिहान अयोध्या क्यान्ट पुग्ने तालिका छ । त्यस्तै, अयोध्या क्यान्टबाट सोमबार साँझ ५:५० बजे प्रस्थान गर्ने रेल मंगलबार दिउँसो १२:४० बजे जनकपुरधाम पुग्नेछ । नेपालका रेल स्टेसनमा तोकिएका समय भारतीय समयभन्दा १५ मिनेट अगाडि हुने भएकाले यात्रुले स्थानीय समयअनुसार तालिका हेर्नुपर्नेछ । अयोध्या भगवान् रामको जन्मस्थल र जनकपुरधाम माता सीताको जन्मस्थलका रूपमा धार्मिक महत्त्व बोकेका स्थान हुन् । रामायण परम्पराअनुसार यी दुई स्थानबीच वैवाहिक सम्बन्ध जोडिएको मानिन्छ । नयाँ रेल सेवाबाट धार्मिक पर्यटक, आफन्त भेटघाटका लागि यात्रा गर्ने व्यक्ति, विद्यार्थी र व्यवसायी लाभान्वित हुनुका साथै पर्यटन व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । यसअघि भारतबाट रेलमार्फत जनकपुरधाम जाने यात्रुले बिहारको जयनगर पुगेर सीमासम्बन्धी प्रक्रिया पूरा गरेपछि नेपालतर्फको रेल परिवर्तन गर्नुपर्ने व्यवस्था थियो । नयाँ सेवाबाट आवश्यक सीमासम्बन्धी जाँच पूरा गरेपछि एउटै रेलमा यात्रा जारी राख्न सकिने सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ । The post दुई देशका प्रधानमन्त्रीले गरे अयोध्या-जनकपुर रेल्वे सेवाको उद्घाटन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१० वर्षभित्र कोशीको बालुवा उपयोग गर्न नसके देशकै लागि भार बन्छ : उद्योगमन्त्री साह
Latest NewsJust now

१० वर्षभित्र कोशीको बालुवा उपयोग गर्न नसके देशकै लागि भार बन्छ : उद्योगमन्त्री साह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन, उपयोग र निर्यात प्रवर्द्धनका लागि सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र... ...

रातोपाटी
दिल्लीमा प्रधानमन्त्री शाहको सम्बोधन: नेपाल-भारतको मित्रता हिमालय जत्तिकै अग्लो, नदी जस्तै निरन्तर
Latest NewsJust now

दिल्लीमा प्रधानमन्त्री शाहको सम्बोधन: नेपाल-भारतको मित्रता हिमालय जत्तिकै अग्लो, नदी जस्तै निरन्तर

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतको मित्रता हिमालय जत्तिकै अग्लो र नदी जस्तै निरन्तर रहेको बताएका छन्।  भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दुई देशको सम्बन्ध अझ बलियो बनाउनुपर्ने बताए। पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहको प्रशंसा गरेका थिए।  प्रधानम... ...

नेपालखबर
भारतसँगको समझदारी र परियोजनाको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्छ : प्रधानमन्त्री शाह
Latest NewsJust now

भारतसँगको समझदारी र परियोजनाको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्छ : प्रधानमन्त्री शाह

भारतीय समकक्षी नरेन्द्र मोदीसँगको वार्तापछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री वालेन्द्र शाहले भने, 'हाम्रा युवाको हातमा रोजगारी र अवसर पुग्नुपर्छ । विद्यार्थीका सपनाले नयाँ क्षितिज पहिल्याउनुपर्छ । उद्यमीका लागि नयाँ बजार, लगानी र व्यवसाय विस्तारका ठोस अवसर सिर्जना हुनुपर्छ ।' ...

कान्तिपुर
प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुँदै
Latest NewsJust now

प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुँदै

नयाँ दिल्ली (भारत), मङ्सिर ७ गते । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा उच्चस्तरीय द्व... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement