Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

दिल्लीबाट प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले चार आयोजनाको उद्घाटन गर्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
दिल्लीबाट प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले चार आयोजनाको उद्घाटन गर्ने तयारी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको क्रममा केही परियोजना दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गराउने तयारी भएको छ। शाह आगामी मंसिर ६ गतेबाट भारत भ्रमणमा जाने तयारीमा छन्। भारतका विदेश सचिव विक्रम मिस्री कात्तिक १८ र १९ गते काठमाडौं आएर प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डामा प्रारम्भिक छलफल गरेर फर्किएका छन्। प्रधानमन्त्री शाह भारत भ्रमणमा जाँदा भगवना राम र सीताको जन्मस्थान अयोध्या र जनकपुर जोड्ने गरी रेल सञ्चालको सुरूवात गर्ने तयारी छ। मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि राम जन्मभूमि अयोध्यासम्म सञ्चालन हुने भनिएको रेलका लागि बिहीबार परीक्षण समेत गरिएको छ। भारतको अयोध्यादेखि धनुषाको कुर्थासम्म डब्लुडिपी ४ डी ४०४०३ नम्बरको इन्जिनसहित १७ वटा बोगी भएको भारतीय रेलबाट प्राविधिक पक्षको परीक्षण गरिएको छ। ६७ जना भारतीय प्राविधिकसहितको टोलीले रेलको लिकको अवस्था, रेलको गति समेतको अवलोकन गरेको नेपाल रेल्वे कम्पनीका एक अधिकारीले नेपालखबरलाई बताए। भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाटै संयुक्तरुपमा रेल सेवाको उद्घाटन गर्ने योजना अन्तर्गत आवश्यक तयारी तीब्र पारिएको उनले बताए। जनकपुरधाम–अयोध्या रेल सेवा पहिलो चरणमा साताको एकदिन बिहान जनकपुरधाम पुग्ने गरी भारतको अयोध्याबाट र अर्को दिन बिहान अयोध्या पुग्ने गरी जनकपुरधामबाट बेलुकाको समयमा रेल छुट्ने गरी तयारी मिलाउन लागिएको ती अधिकारीले जानकारी दिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्यालाई रेल यातायातबाट जोड्नु पर्ने बताउँदै आएका थिए। यो परियोजनामा मोदीको समेत चासो रहेको हुँदा अहिले शाहको भ्रमणको क्रममा उद्घाटन हुने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन्। भ्रमणको एजेण्डा तयारीमा जुटेका परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्, ‘जनकपुरधाम–अयोध्या जोड्ने रेल उद्घाटन गर्ने भनिएको छ। अहिले एजेण्डा तयारीकै चरणमा छ। यकिन भइसकेको भने होइन।’ दुवै देशका प्रधानमन्त्रीले काभ्रेको पनौतीमा बनिरहेको प्रहरी तालिम केन्द्रको पनि उद्घाटन गर्ने गरी भ्रमणको एजेण्डा तयार भइरहेको छ। पनौतीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अत्याधुनिक परियोजना सम्पन्न हुने चरणमा पुगेको छ। भारतले दिएको १० अर्ब १ करोड ५१ लाख रुपैयाँ (भ्याटबाहेक) लागतमा तयार भइरहेको परियोजनाको ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। पनौतीमा ८२२ रोपनीभन्दा बढी जग्गामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परियोजना तयार हुन लागेको हो। यसअन्तर्गत ६७ वटा भौतिक संरचना निर्माण भएका छन्। हाल महाराजगन्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई स्थानान्तरण गर्दै पनौतीमा प्रतिष्ठान निर्माण गर्न २०५२ मा जग्गा अधिग्रहण सुरु भएको थियो। अहिले यो परियोजना सम्पन्न हुने चरणमा छ। यो तालिम केन्द्र पनि दुई प्रधानमन्त्रीले संयुक्तरूपमा उद्घाटन गर्ने गरी तयारी भइरहेको प्रधानमन्त्री कार्यालयका उच्च तहका एक अधिकारीले जानकारी दिए। त्यसैगरी, भैरहवामा बनिरहेको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को पनि शाहको भारत भ्रमणको क्रममा उद्घाटनको तयारी गरिएको छ। नेपाल–भारत व्यापारलाई व्यवस्थित गर्न भारत सरकारको सहयोगमा बनेको आयोजना सम्पन्न हुने क्रममा रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले जानकारी दिए। भैरहवामा आईसीपी बनाउन भारतीय कम्पनी केएसएम वसिर मोहम्मद एण्ड सन्सले सन् २०२३ मा काम शुरू गरेको थियो। निर्माण कम्पनीले काम सम्पन्न गरेर परियोजना नेपाललाई हस्तान्तरण गर्ने क्रममा रहेको पौडेले बताए। ‘आईसीपीको स्टक्चर बनाउने काम सम्पन्न भएको छ। केही मसिना कामहरु बाँकी छन्। भवन हस्तान्तरण हुने वित्तिकै सञ्चालनमा आउने होइन। कार्यालय सञ्चालनका लागि आवश्यक व्यवस्थापन मिलाउनुपर्ने हुन्छ’, पौडेलले भने, ‘उद्घाटन भएपछि पनि पूर्ण रुपमा सञ्चालनमा ल्याउन केही महिना लाग्छ।’ उक्त आईसीपी १ अर्ब ६१ करोड ७६ लाख भारतीय रूपैयाँमा ठेक्का लगाइएको थियो। आईसीपी निर्माणका १७ वर्ष अगाडि नै ५२ बिघा जग्गा अधिग्रहण गरिएको थियो। आईसीपीमा आयाततर्फ झण्डै ७०० र निर्याततर्फ ३०० गरी १ हजार मालबाहक ट्रक पार्किङ सुविधा हुने गरी निर्माण गरिएको छ। प्रधानमन्त्रीको शाहको भारत भ्रमणको क्रममा लुम्बिनीमा बनेको बौद्ध विहारको पनि संयुक्त रुपमा उद्घाटन हुने भएको छ। भारतीय प्रधानमन्त्री २०७९ जेठ २ गते वुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्दा उनैले शिलान्याश गरेको बौद्ध विहारको निर्माण सम्पन्न भएको छ। लुम्बिनी विकास कोषले हरेक देशलाई बौद्ध संस्कृति झल्किने विहार बनाउन दिन्छ। भारतले पनि मोदी लुम्बिनीमा आएको बेलामा बौद्ध विहारको शिलान्यास गरेका थिए। भारतको संस्कृति मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय वुद्धिष्ट परिसंघ (आइबीसी)ले उक्त विहार निर्माण गरेको हो। ‘लुम्बिनी विकास कोषले गुरुयोजना भित्रै रहेर विभिन्न देशलाई बौद्ध संस्कृति झल्किने विहार बनाउन दिने गरेको छ। भारतले पनि कमलको फुलको आकारमा बौद्ध विहार बनाएको छ’, लुम्बिनी विकास कोषका प्रवक्ता ज्ञाणिन राइले बताए। सोही बौद्ध विहार प्रधानमन्त्री बालेनको भारत भ्रमणमा उद्घाटन गर्न लागिएको हो। प्रधानमन्त्री भारतमा भ्रमणमा जाँदा जलविद्युत आयोजना उद्घाटन गराउने तयारी भए पनि कुन आयोजनालाई समावेश गर्ने भन्ने टुंगो नलागेको ऊर्जा र परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए। अर्थमन्त्रालयका उच्च तहका अधिकारीका अनुसार, प्रधानमन्त्री शाहको भारत भ्रमणको क्रममा भदौ १० मा भोटेकोसी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पुननिर्माण, उर्जा क्षेत्रका परियोजना र सडक पूर्वाधार विकासका लागि आर्थिक सहयोग माग गर्ने गरी प्रस्ताव तयार गरिएको छ। त्यसमध्ये, केही रकम अनुदान र केही रकम सहुलियत ऋणमा उपलब्ध गराइदिन अनुरोध गर्ने तयारी सरकारको रहेको अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य
Latest NewsJust now

धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबअन्तर्गत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको हो । यसमा विशेषगरी ह्वीलचेयर ३ किमी दौडमा रोटरीको सहयोग रहनेछ । ...

कान्तिपुर
मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदल
Latest NewsJust now

मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदल

काठमाडौं । मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको ऐतिहासिक पराजयपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिफन मिलरलाई आफ्नो नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन्। मिलर ट्रम्पको कडा आप्रवासन नीतिका प्रमुख पात्रमध्ये एक हुन्। मिलरको नियुक्तिसँगै ह्वाइट हाउसमा यो महत्त्वपूर्ण पदमा सुजी विल्सको स्थानमा नयाँ अनुहार आएको छ। रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनको नियन्त्रण गुमाएपछि विल्सले आफ्नो पदबाट राजीनामा दिएका हुन्। यो हारले ह्वाइट हाउसमा ...

केन्द्रबिन्दु
तीन वर्षमै ७९ देशमा पुग्यो ओमोडा एण्ड जेइकु, बिक्री १४ लाख नाघ्यो
Latest NewsJust now

तीन वर्षमै ७९ देशमा पुग्यो ओमोडा एण्ड जेइकु, बिक्री १४ लाख नाघ्यो

काठमाडौं । चीनको वुहुमा आयोजना गरिएको ओमोडा एण्ड जेइकुको सन् २०२६ को अन्तर्राष्ट्रिय युजर समिट सम्पन्न भएको छ । अक्टोबर १८ देखि २४ सम्म सञ्चालन भएको समिटमा विश्वभरका ग्राहक, अटोमोबाइलप्रेमी, सञ्चारकर्मी तथा व्यावसायिक साझेदार सहभागी भएका थिए। समिटमा कम्पनीले आफ्ना नयाँ प्रविधि, सवारी साधन र भविष्यको स्मार्ट मोबिलिटीसम्बन्धी योजना प्रस्तुत गरेको थियो । समिटको मुख्य […] ...

लोकपथ
अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न
Latest NewsJust now

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

काठमाडौँ, कात्तिक २१ गते । दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल थलोबाट विस्थापित भएर पश्चिमी सङ्ग्रहालयसम्म पुगे, त्यस क्रममा के-कस्ता सांस्कृतिक अर्थ हराए र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play