Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

दियो र हुक्कापाती बेचेर तिहार खर्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
दियो र हुक्कापाती बेचेर तिहार खर्च
Photo / Coverage: नेपालन्युज

सप्तरी। तिहार नजिकिएसँगै जिल्लाका विभिन्न गाउँका कुमाले महिला दियो र हुक्कापाती बेचेर खर्च जुटाउने प्रयास गरिरहेका छन्। ती कुमाले महिला दीपावली अर्थात् लक्ष्मी पूजामा बाल्न राजविराज क्षेत्रका घरघर पुगेर आफ्ना उत्पादन दियो र हुक्कापाती बिक्री गर्ने कार्यमा व्यस्त रहेको पाइएको छ। ती समुदायका विपन्न महिला दीपावलीको खर्च जुटाउन घरघर गएर हुक्कापाती बिक्री गरिरहेका राजविराज नगरपालिका–११ कविता यादवले बताइन्। उनीहरुले तिहार आउनु केही समयअघि देखि नै हुक्कापाती दियो बनाउने अनि त्यसबाट प्राप्त रकमबाट तिहारको खर्च जुटाउने विगतदेखिकै अभ्यास रहेको उनले बताइन्। मजदुरी गरी परिवार पाल्दै आएकाले ती समुदायका महिलाले चाडबाडमा खर्च जुटाउन हुक्कापातीलाई आयआर्जन प्रमुख माध्यम बनाइरहेको देखिन्छ। दुई हजारको सामानबाट हुक्कापाती बनाएर बिक्री गर्दा रु १५ हजारसम्म सकिने उनीहरुको भनाइ छ। कुमाले समुदायले दियो र हुक्कापाती बनाएर घरघरमा पुर्‍याएपछि सहरका उपभोक्तालाई त्यसका लागि आवश्यक सामाग्री जुटाएर तयार पार्ने समस्या र बाध्यता हटेको छ । हुक्कापातीका लागि सन्ठी, खर र सनपाट घरमा ल्याएर घण्टौँ लगाएर बनाउने गरिन्छ । विगतमा घरघरमा बनाइने हुक्कापाती अहिले विशेषगरी सहरी भेगमा किनेर प्रयोग गर्न थालेको राजविराज नगरपालिका–७ का उर्मिला देवले बताइन्। उनले भने, “पहिले बजारमा बनाएको हुक्कापाती किन्न पाइँदैनथ्यो । सन्ठी, खर र सनपाट किनेर ल्याएर घरघरमा बनाइने चलन थियो। तर, अहिले सहरी क्षेत्रमा हुक्कापाती बनाउने चलन हराउँदै गएको छ। हाल किनेर प्रयोग गर्ने परम्परा बढेको छ।” सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तोपाकी रूकमिणी यादवलाई एक हप्ता यता हुक्कापाती बनाउन भ्याइनभ्याई छ। घरको काम सकेर दिनहुँ बनाएको हुक्कापाती बेचेर तिहारमा १५ देखि २० हजार आम्दानी गर्दै आएको छ। उनले भनिन्, “जति लक्ष्मीपूजा नजिकिँदै जान्छ त्यति बिक्री हुने गरेको छ। दिनको ३०० देखि ५०० हुक्कापाती बिक्री हुँदै आएको छ। १० देखि २० रुपैंयाँ प्रतिहुक्कापाती बेच्दै आएकी छु।” उनले प्रत्येक वर्ष एक महिना उक्त काम गर्दै आएकी छन्। लक्ष्मी पूजाको दिन पूजा हुनुअघि घरमाथि, तुल्सामोठ, कुलदेवताको कोठा तथा मन्दिरमा मधेसमा हुक्कापाती राख्ने चलन छ। लक्ष्मीपूजा सकिएसँगै प्रत्येक घरपरिवारमा हुक्कापाती अनिवार्य खेल्ने परम्परा छ। त्यस कार्यले कुल पितृ उज्यालो मार्गमार्फत स्वर्गमा जान्छन् भन्ने जनविश्वास छ। त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी कविता पण्डित यतिबेला माटोको दियो बनाउने कार्यमा व्यस्त छिन्। घरको काम सकेर दियो बनाउने अनि घरघरमा गएर दियो बेच्दै आएको उनले बताइन्। तराई मधेसमा माटो भाँडाको तिहारदेखि छठभित्र राम्रो बिक्री हुने गरेको छ। उनी प्रत्येक दिन दुई हजारको संख्यामा दियो बोकेर बजार जाने र प्रतिदियो दुईमा बेच्दै आएकी छन्। श्रीमती पण्डितले यस याममा २० देखि ४० हजारसम्म कमाइ गर्दै आएकी छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सूक्ष्म पोषक तत्त्व सर्वेक्षण हुँदै
Latest NewsJust now

सूक्ष्म पोषक तत्त्व सर्वेक्षण हुँदै

काठमाडौँ । नेपालमा बालबालिका, किशोर किशोरी तथा महिलालगायत विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था र शरीरमा आवश्यक सूक्ष्म पोषक तत्त्वको उपलब्धता मूल्याङ्कन गर्न ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सञ्चालन... ...

रातोपाटी
कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य
Latest NewsJust now

कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य

काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कर्णाली याक्सले काठमाडौं गोर्खाजविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको छ। कीर्तिपुरमा भएको खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। कर्णालीका लागि अरिफुल इस्लामले सानदार ब्याटिङ गर्दै २२ बलमा ५ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ४४ रन बनाए। त्यस्तै, हुसेन तलतले ३० बलमा ४० रनको योगदान ...

केन्द्रबिन्दु
कर्णालीले काठमाण्डुलाई दियो १८१ रनको लक्ष्य
Latest NewsJust now

कर्णालीले काठमाण्डुलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाण्डु गोर्खाजलाई रनको लक्ष्य दिएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा... ...

रातोपाटी
कर्णालीविरुद्ध जितका लागि काठमाडौंलाई १८१ रन आवश्यक
Latest NewsJust now

कर्णालीविरुद्ध जितका लागि काठमाडौंलाई १८१ रन आवश्यक

नेपाल प्रिमियर लिगअन्तर्गत जारी खेलमा काठमाडौं गोर्खाजले १८१ रनको लक्ष्य पाएको छ।  टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो।   ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play