काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजविरुद्ध सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरमा आज भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन जोडेको हो । मात्र ८ रन जोड्दा आफ्ना सुरुवाती ४ महत्त्वपूर्ण विकेट गुमाएर अत्यन्तै दयनीय स्थितिमा पुगेको सुदूरपश्चिमको इनिङ्सलाई कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अर्धशतक प्रहार गर्दै एक्लै उकासेका थिए ।दीपेन्द्रले ५५ बलमा ५ चौका र २ छक्कासहित ६० रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै, थरिन्दु रत्नायाकेले २३ बलमा ३ चौकासहित अविजित २६ रन बनाए भने आरिफ शेखले १६ रन जोडे। काठमाडौंका लागि बलिङतर्फ जाहांदद खानले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारे भने सन्तोष यादवले ३ ओभरमा १६ रन दिएर २ विकेट लिए।
दिपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौंलाई दियो १२६ रनको लक्ष्य

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






