Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

दिदीबहिनी नभएकालाई अञ्जली दिदीको माया, २८ वर्षदेखि लगाउँदैछिन् सामूहिक टीका

Share:WhatsAppFacebookX (Twitter)Telegram
दिदीबहिनी नभएकालाई अञ्जली दिदीको माया, २८ वर्षदेखि लगाउँदैछिन् सामूहिक टीका
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भन्ने उद्देश्यले अञ्जली दिदी (मास्के) ले यस वर्ष पनि सामूहिक भाइटीका आयोजना गरेकी छन्। उनले २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आएकी छन्। बिहीबार काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा उनले दिदीबहिनी नभएका दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिएकी हुन्। यसरी सामूहिक भाइटीका लगाउने परम्परालाई उनले यस वर्ष २८औँ वर्षसम्म निरन्तरता दिएकी छन्। अञ्जली दिदीका अनुसार भाइटीका केवल परम्परा निर्वाह गर्ने पर्व मात्र नभई श्रद्धा, माया र भावनासमेत साटासाट गर्ने उत्सव हो। दिदीबहिनी नभएका कारण कसैको पनि निधार खाली नरहोस् भन्ने भावनाले हरेक वर्ष सामूहिक भाइटीका आयोजना गर्दै आएको उनले बताइन्। दाजुभाइ र दिदीबहिनीबीच निःस्वार्थ माया र आत्मीयता बढिरहोस् भन्ने कामनासहित आगामी वर्षहरूमा पनि सामूहिक भाइटीकालाई निरन्तरता दिने उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालगृहका बालबालिकाको सामूहिक भाइटीका
Latest NewsJust now

बालगृहका बालबालिकाको सामूहिक भाइटीका

म्याग्दी – यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसूस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल संगठन म्याग्दीका सभापति […] ...

काठमाण्डुपाटी
भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा
Latest NewsJust now

भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा

भारत र पाकिस्तानबीचको समझदारीबिना सार्कलाई सक्रिय बनाउन कठिन हुने र सदस्य राष्ट्रका नेताहरूले क्षेत्रीय सहयोगको अवधारणालाई आत्मसात् गर्नुपर्ने पूर्वराजदूत डा. शम्भुराम सिम्खडाको भनाइ छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play