काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरिएका दानबहादुर कार्कीलाई सरकारले घरमै पुगेर नियुक्तिसम्बन्धी पत्र बुझाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सल्लाहकार नियुक्त गरिएको पत्र कार्कीले सुरुमा बुझ्न नमानेपछि सरकारले घरमै पुगेर पत्र थमाएको हो । उच्च स्रोतका अनुसार गत १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारी कार्कीको निवासमै पुगेर नियुक्तिपत्र बुझाएका थिए । ‘उहाँले सल्लाहकारको पत्र बुझ्न नमानेपछि घरमै पुगेर पत्र बुझाइएको हो,’ उच्च स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । यसअघि १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
दानबहादुर कार्कीलाई घरमै पुगेर थमाइयो प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्तिको पत्र

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






