काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले आगामी मंसिर ७ गते पुनः सुनुवाइ गर्ने भएको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको हो । उक्त दिन कार्कीका कानुन व्यवसायी, सरकारका तर्फबाट बहस गर्ने सरकारी वकिल र नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका कानुन व्यवसायीले आ–आफ्नो पक्ष राख्नेछन् । यसअघि बुधबार सर्वोच्चले तत्काल अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । दुवै पक्षको बहस सुनेपछि मात्रै अन्तरिम आदेशबारे निर्णय लिने अदालतको तयारी छ ।
दानबहादुर कार्कीको रिटमा मंसिर ७ गते फेरि सुनुवाइ हुने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





