Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

दानबहादुर कार्कीको रिटको पेसी आज

Share:WhatsAppFacebookX (Twitter)Telegram
दानबहादुर कार्कीको रिटको पेसी आज
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध तत्कालीन आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको पेसी आज तोकिएको छ । कार्कीले आफूलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । उनले मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै कामकारबाही गर्न नदिन अन्तरिम आदेशसमेत माग गरेका छन् । रिटमा आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानुनी रूपमा पदबाट हटाइएको कार्कीले दाबी गरेका छन् । सरकारले प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिई हटाएको उनको जिकिर छ । कानुनबमोजिम नियुक्त प्रहरी महानिरीक्षकलाई पूर्ववत् पदमा कायम राख्दा सरकारका पक्षलाई कुनै कानुनी हानि नहुने कार्कीले रिटमा उल्लेख गरेका छन् । The post दानबहादुर कार्कीको रिटको पेसी आज appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीनका ३ अन्तर्राष्ट्रिय मञ्चमा नारायणकाजी श्रेष्ठ मुख्य वक्ता
Latest NewsJust now

चीनका ३ अन्तर्राष्ट्रिय मञ्चमा नारायणकाजी श्रेष्ठ मुख्य वक्ता

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका तीन सहरमा आयोजना हुने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन तथा नीतिगत संवादमा मुख्य वक्ताका रूपमा सहभागी हुन मंगलबार साँझ चीन प्रस्थान गरेका छन्। विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, क्षेत्रीय आर्थिक सहकार्य र पूर्वाधार विकाससँग सम्बन्धित तीनवटा उच्चस्तरीय अन्तर्... ...

नेपालखबर
गौरको कानुपट्टी सीमा क्षेत्रमा २७ थान गोली बरामद, कसले छाड्यो भन्ने खुलेन
Latest NewsJust now

गौरको कानुपट्टी सीमा क्षेत्रमा २७ थान गोली बरामद, कसले छाड्यो भन्ने खुलेन

रौतहट । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रमा ९ एमएम पेस्तोलमा प्रयोग हुने २७ थान गोली बेवारिसे अवस्थामा बरामद भएको छ। सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले मंगलबार राति सीमा... ...

रातोपाटी
चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै
Latest NewsJust now

चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज चितवन राइनोज र काठमाण्डू गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् । खेलमा दुवै टोली जित निकाल्दै क्वालिफायर्समा स्थान बनाउने लक्ष्यमा हुनेछन् । काठमाण्डूले तेस्रो शीर्ष टोलीको रूपमा इलिमिनेटरमा स्थान बनाएको हो । टोलीले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको थियो । चितवन भने चौथो स्थान हासिल गर्दै इलिमिनेटरमा प्रवेश गरेको थियो ...

केन्द्रबिन्दु
बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध
Latest NewsJust now

बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध

काठमाडौं । विपद्का कारण गण्डकी प्रदेशको गोरखा जिल्लामा मुख्य राजमार्ग तथा बाटो अवरुद्ध भएको छ । नेपाल प्रहरीले सर्वजनीक गरेको विवरण अनुसार बाढीका कारण आरुघाट गाउँपालिका वडा नं. २ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध भएको छ । ...

अनलाइनपाना
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play