काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज बुधबार सर्वोच्च अदालतमा पहिलो (प्रारम्भिक) सुनुवाइ हुँदैछ। मुद्दाको पेसी न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा चढेको छ। कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको थियो। आफूलाई कुनै पूर्वसूचना र सुनुवाइको मौका नदिई प्रहरी ऐन २०१२ र नियमावली २०७१ विपरीत पदबाट हटाइएको जिकिर गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । उनले सरकारको निर्णय बदर गरी आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न र मुद्दाको अन्तिम किनारा नलागेसम्म नवनियुक्त आईजीपी केसीलाई कामकाज गर्नबाट रोक लगाउन अन्तरिम आदेशको माग गरेका छन्।
दानबहादुर कार्कीको मुद्दामा पहिलो सुनुवाइ हुँदै, न्यायाधीस श्रीकान्त पौडेलको इजलासमा पेसी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु




.jpeg)

