Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

दानबहादुरको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
दानबहादुरको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । इजलासले निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशका मागसँग अन्तरनिहित कानुनी प्रश्नहरूको रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा निरूपण र सम्बोधन हुने प्रकृतिको देखिएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । सरकारले कात्तिक १८ गते दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै एआइजी डा. मनोजकुमार केसीलाई आइजिपीमा बढुवा गरेको थियो । आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरेको दाबी गर्दै कार्कीले निर्णय बदर गरी आइजिपीमा पुनर्बहालीको मागसहित कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । निवर्तमान आइजिपी कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, नवनियुक्त आइजिपी डा. मनोजकुमार केसी र प्रहरी प्रधान कार्यालय समेतलाई विपक्षी बनाई उत्प्रेषणको रिट दायर गर्नुभएको थियो । सोही मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । मुद्दालाई अग्राधिकार दिई छिटो टुंगो लगाउन आदेशअन्तरिम आदेश दिन अस्वीकार गरे पनि सर्वोच्चले मुद्दालाई अग्राधिकार दिई छिटो टुंगो लगाउन आदेश गरेको छ । राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व तथा नियन्त्रण प्रणाली (चेन अफ कमाण्ड) सँग जोडिएको विषयको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै छिटो सुनुवाइ र निर्णय हुनु वाञ्छनीय देखिएको इजलासको ठहर छ । जसअनुसार विपक्षीहरूबाट लिखित जवाफ परेपछि वा लिखित जवाफ पेस गर्ने अवधि सकिएको सात दिनभित्रै पेसी चढाउन र उक्त पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिन अदालतले आदेश गरेको छ । अन्तरिम आदेश जारी नगर्नुको कारण स्पष्ट पार्दै सर्वोच्चले विपक्षी मध्येका डा. मनोजकुमार केसी नेपाल सरकारको गत कात्तिक १८ गतेको निर्णयानुसार आइजिपी पदमा बढुवा भई सोही दिन नियुक्ति बुझेर कार्यभारसमेत सम्हालिसकेको मिसिलबाट देखिएको उल्लेख गरेको छ । साथै, प्रस्तुत विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्त्वको संवेदनशील विषय भएको र निवेदकले उठाएका कानुनी प्रश्नहरू अन्तिम सुनुवाइका बखत निरूपण हुने प्रकृतिको देखिएकाले सुविधा सन्तुलनको दृष्टिकोणबाट हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको आदेशमा भनिएको छ । अन्तरिम आदेशको छलफलमा निवेदक कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, पूर्णमान शाक्य, डा. दिनमणी पोखरेल, अमर थापा, ललितबहादुर बस्नेत र केदारप्रसाद कोइराला तथा अधिवक्ताहरू माधवकुमार बस्नेत, टीकाबहादुर कुँवर, सुजाता केसी र आभास रेग्मीले बहस गर्नुभएको थियो । त्यस्तै, विपक्षी नेपाल सरकारका तर्फबाट महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल, नायब महान्यायाधिवक्ताहरू लोकराज पराजुली, खेमराज ज्ञवाली, ध्रुवकुमार चौहान तथा सहन्यायाधिवक्ताहरू दिनेशप्रसाद घिमिरे र सोमकान्ता भण्डारीले बहस गर्नुभएको थियो । विपक्षी डा. मनोजकुमार केसीका तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट र अधिवक्ताहरू डा. सुभाष आचार्य, अपूर्व खतिवडा तथा सञ्जीवराज रेग्मीले बहस गर्नुभएको थियो भने प्रहरी प्रधान कार्यालयका तर्फबाट अधिवक्ता करुणाकर मल्लिकले बहस गर्नुभएको थियो । सरकारले कात्तिक १८ गते कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गर्दै केसीलाई आइजिपी नियुक्त गरेको थियो । त्यसैदिन दर्ज्यानी चिह्न लगाएर केसीले काम थाल्दा कार्की भने आफूलाई गैरकानुनी रूपमा हटाएको दाबी गर्दै सर्वोच्च पुग्नुभएको थियो । कात्तिक २० गते दर्ता भएको रिटमा मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमै सुनुवाइ भएको थियो । पौडेलको इजलासले अन्तरिम आदेशबारे निर्णय गर्नु पहिले दुवै पक्षको कुरा सुन्न आवश्यक रहेको भन्दै ७ गतेका लागि पेसी तोक्नुभएको थियो । तर, ७ गतेसम्म पनि आइजिपी मनोज केसीले सर्वोच्च अदालतको आदेश नबुझेपछि त्यसदिन सुनुवाइ हुन सकेको थिएन । उक्त दिन न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेको इजलासमा पेसी परेको थियो । तर, दुई दिनपछि धकेलिएर बुधबार सुनुवाइ हुँदा केसीले नै निरन्तरता पाउनेगरी आदेश भएको हो । अब अन्तिम फैसलामा मात्रै कार्कीलाई हटाउने निर्णय बदर हुने वा त्यसलाई सदर नै गर्ने भन्ने टुंगो लाग्नेछ । आनी छोइङ डोल्माबारे सर्वोच्चमा आगामी सोमबार छलफल हुनेगायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आगामी सोमबार (१४ मंसिर) छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतले दुवै पक्षबीचको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निष्कर्षमा पुग्न उपयुक्त हुने भनी दुवै पक्षलाई झिकाउन आदेश गरेको हो । सफलता बोगटी लगायतले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्नु गैरकानुनी हुने दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो । न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले प्रारम्भिक सुनुवाइपछि दुवै पक्षलाई छलफलका लागि झिकाएको हो । नागरिकताको विवादमा परेकी अनि सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धान भइरहेको व्यक्तिलाई सरकारले कोषको उपाध्यक्षमा नियुक्त गरेको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मुलुकभरबाट लागुऔषधसहित २७ जना पक्राउ
Latest NewsJust now

मुलुकभरबाट लागुऔषधसहित २७ जना पक्राउ

• नियमित गस्तीमा रहेको प्रहरी टोलीले २६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। • पक्राउ गरिएका व्यक्तिहरूमा काठमाडौँ, सुनसरी, झापा, बाराका साथै अन्य स्थानका नागरिकहरू समावेश छन्। • अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेट र नगद बरामद भएको छ। ...

नेपालबहस
अमेरिकाले चीन र भारतसहित १४ देशमाथि लगायो नयाँ भन्सार शुल्क
Latest NewsJust now

अमेरिकाले चीन र भारतसहित १४ देशमाथि लगायो नयाँ भन्सार शुल्क

काठमाण्डु –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, युरोपेली संघ (ईयू०, जापान र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका हुन् । अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा […] ...

काठमाण्डुपाटी
चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण
Latest NewsJust now

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

चितवन । चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ । प्रतिष्ठानको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा नेपाल र चीनका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement