Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

दाङमा मौलाउँदो व्यावसायिक फूलखेती

Share:WhatsAppFacebookX (Twitter)Telegram
दाङमा मौलाउँदो व्यावसायिक फूलखेती
Photo / Coverage: नेपालन्युज

दाङ। दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूल खेतीतर्फ आकर्षण बढेको छ । तिहार तथा शुभ दीपावलीजस्ता सांस्कृतिक चाडपर्वलाई लक्षित गरी यहाँका किसानले सयपत्री फूलखेती गर्न थालेका छन् । कलाकारिता क्षेत्रमा स्थापित भएका दाङ तुलसीपुरका प्रेम विवश घर्तीले तुलसीपुर उपमहानगरपालिका-१७ स्थित जिनुवागाउँमा अन्य चार जनाको साझेदारीमा सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् । संगीत पेसासँगै कृषि क्षेत्रमा जोडिनका लागि सयपत्रीबाट सुरुआत गरेको उनले बताए । “कलाकारितामा आवद्ध हुँदाहुँदै अब कृषि क्षेत्रमा पनि सक्रिय हुने सोचले सयपत्री फूल खेतीबाट सुरुआत गरेको हुँ”, उनले भने उहाँहरूले सुगन्धित कृषि समूहमार्फत पाँच कट्ठा क्षेत्रफलमा ‘कर्म ५५५’ जातको सयपत्री रोप्नुभएको छ । जहाँ करिब दुई हजार ४०० बिरुवा रोप्नुभएको छ । यस खेतीमा मल्चिङ गर्ने, कालो प्लास्टिक बिछ्याउने, विषादी प्रयोग गर्ने, खेत खन्ने र क्यारी बनाउने कार्यसहित झन्डै रु एक लाख लगानी भएको सुगन्धित कृषि समूहका संयोजक सुमन गिरीले बताए। पाँच कट्ठाबाट करिब १० क्विन्टलको हाराहारीमा फूल उत्पादन हुने अपेक्षा गरिएको छ । तिहारअघि नै एक क्विन्टलभन्दा बढी फूलको ‘अग्रिम अर्डर’ आइसकेको उनले बताए । स्थानीयस्तरमा उत्पादित फूल स्थानीयस्तरमै खपत हुनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो खेती गरिएको उनको भनाइ छ । सहकारीमार्फत पनि सयपत्री खेतीव्यक्तिगत र समूहगत प्रयासका साथै कृषि सहकारीहरू पनि व्यावसायिक सयपत्री खेतीमा अग्रसर भएका छन् । तुलसीपुर-१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाले वनकट्टामा एक बिघा जग्गा पाँच वर्षका लागि भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री खेती गरेको छ । एक हजार २०० सदस्य रहेको यस सहकारीका कार्यसमिति सदस्य तथा कर्मचारी स्वयं खेतमा खटिएर सयपत्रीको स्याहारसुसारमा व्यस्त रहने गरेका छन् । संस्थाकी अध्यक्ष चित्रा धितालका अनुसार कट्ठाको वार्षिक रु दुई हजारका दरले जग्गा भाडामा लिएर सयपत्री रोपिएको हो । बीउ, मल्चिङ र खेत जोताइलगायतका काममा सुरुमा रु तीन लाखभन्दा बढी खर्च भएको छ । सहकारीले यस खेतीबाट रु १२ लाखदेखि १६ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेको छ । फूल बिक्री गर्न टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी प्रचारप्रसार गर्दा विभिन्न ठाउँबाट माग पनि भइआएको अध्यक्ष धितालले बताए । पहेँलो सयपत्रीयस्तै तुलसीपुर-१५ स्थित पहरुवामा सञ्चालित ‘ग्रिनसिटी बहुउद्देश्यीय कृषि, मत्स्य तथा पशुपन्छी फार्म’ले पनि व्यावसायिक रूपमा सयपत्री फूल तथा माला बिक्री सुरु गरेको छ । फार्मका सञ्चालक आशिष बिसीका अनुसार आधुनिक कृषि प्रणाली र उचित रेखदेखमार्फत आकर्षक पहेँलो तथा सुन्तले रङका ताजा सयपत्री फूलहरू उत्पादन गरिएका छन्, जुन लामो समयसम्म ताजा रहन्छन् । फार्मले थोक तथा खुद्रा दुवै मूल्यमा फूल तथा माला उपलब्ध गराएको जनाएको छ । स्वदेशी उत्पादनमा आत्मनिर्भरताको सन्देशतुलसीपुर क्षेत्रमा व्यक्तिगत साना प्रयासदेखि सहकारी र ठूला कृषि फार्महरूमार्फत भइरहेको सयपत्री खेतीले दाङलाई फूलमा आत्मनिर्भर बनाउन ठूलो मद्दत पुर्‍याएको बिसीले बताए । पछिल्लो समय यसरी सयत्रपीखेती हुने गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शिवपुरीका रंगीन पखेटा ( फाेटाे फिचर )
Latest NewsJust now

शिवपुरीका रंगीन पखेटा ( फाेटाे फिचर )

• काठमाडौँसहित चार जिल्लामा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा १२४ प्रजातिका पुतली पाइन्छन्। • शिवपुरीको हरियाली वन र शान्त वातावरणले हाइकिङ र प्रकृति अवलोकनका लागि यसलाई लोकप्रिय बनाएको छ। • वन्यजन्तु र रंगीचंगी पुतलीहरूले शिवपुरीको प्राकृतिक सौन्दर्यलाई विशेष बनाउँछन्। ...

नेपालबहस
इजरायललाई दिइँदै आएको वार्षिक चार अर्ब डलरको सहायता रोक्ने ट्रम्पको घोषणा
Latest NewsJust now

इजरायललाई दिइँदै आएको वार्षिक चार अर्ब डलरको सहायता रोक्ने ट्रम्पको घोषणा

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक चार अर्ब अमेरिकी डलर बराबरको सहायता यसै वर्षको अन्त्यदेखि रोक्ने घोषणा गरेका छन् । इजरायललाई अब अमेरिकी आर्थिक तथा सैन्य... ...

रातोपाटी
कर्णाली याक्सबाट एनपिएल खेल्न डेभिड मिलर काठमाडौँमा
Latest NewsJust now

कर्णाली याक्सबाट एनपिएल खेल्न डेभिड मिलर काठमाडौँमा

काठमाडौँ, कात्तिक १८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल आइपुग्नुभएको छ ।उहाँ आज बिहान त्रिभुवन अन्तरराष्ट्र... ...

गोरखापत्र
अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता
Latest NewsJust now

अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता

वासिङ्टन।अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले रिपब्लिकनका महत्त्वपूर्ण सिट खोस्दै कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो बनाएको छ। दक्षिण क्यारोलिनामा एनी एन्ड्र्युजले रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमलाई पराजित गरेकी छन्। उनी उक्त राज्यबाट सिनेटमा निर्वाचित हुने पहिलो महिला तथा दुई दशकभन्दा बढी समयपछि सिनेट सिट जित्ने पहिलो डेमोक्रेट बनेकी छन्। उत्तरी क्यारोलिना र न्यु जर्सीमा पनि डेमोक्रेटहरूले प्रतिनिधिसभाका सिट जितेका छन्। जर्जियामा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play