काठमाडौं – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलका प्रतिस्पर्धा भने त्यसअघि नै सञ्चालन हुन लागेका हुन् । आजदेखि पाँच खेलमा प्रतिस्पर्धा सुरु हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । जसअनुसार महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका खेलहरू सञ्चालन हुनेछन् । राखेपले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन् । बाँकी नौ खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुमसँगै छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा सञ्चालन गरिनेछ । दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल एक हजार ३३७ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । यस संस्करणको राष्ट्रिय खेलकुदमा रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ । यसले खेलाडीलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
दसौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु, पाँच खेलमा भिडन्त हुँदै

Read Complete Original Article
Published originally on विश्वखबर






