Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान
Photo / Coverage: केन्द्रबिन्दु

बाँके । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा मंगलबार तीन राष्ट्रिय कीर्तिमान कायम भएका छन् । नेपालगञ्ज रङ्गशालास्थित ५० मिटर पौडी पोखरीमा भएको प्रतिस्पर्धामा लिली बोहरा, दुवाना लामा र विकास कुमालले राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन् । महिलातर्फ ४०० मिटर व्यक्तिगत मिड्ले शैलीको प्रतिस्पर्धामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) की लिली बोहराले दुई पटक राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण पदक जितिन् । उनले हिट चरणमा सोफिया शाहको नाममा रहेको पाँच मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान तोड्दै पाँच मिनेट २१.५२ सेकेन्डको नयाँ कीर्तिमान कायम गरिन् । यसै स्पर्धामा नेपाली सेनाकी दुवाना लामाले पनि पाँच मिनेट २५.१७ सेकेन्डमा दूरी पूरा गर्दै सोफियाको कीर्तिमान तोडिन् । फाइनलमा लिलीले आफ्नै समय सुधार गर्दै पाँच मिनेट १७.०१ सेकेन्डमा दूरी पूरा गरिन् । दुवानाले रजत र नेपाल प्रहरीकी देवांशी जोशीले कास्य पदक जितिन् । यसअघि सोफियाले भारतको गुवाहाटीमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा उक्त कीर्तिमान कायम गरेकी थिइन् । पुरुषतर्फ ५० मिटर ब्रेस्ट स्ट्रोक पौडीमा कोशी प्रदेशका विकास कुमालले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे । उनले ११औँ एनएसए कपमा कायम गरेको ३०.६६ सेकेन्डको कीर्तिमानलाई सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाए । फाइनलमा भने उनले ३०.८४ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जिते । नेपाली सेनाका जाडेन श्रेष्ठले रजत र नेपाल प्रहरीका इरभिन श्रेष्ठले कास्य पदक प्राप्त गरे । दसौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पौडीमा नेपाल प्रहरीका मायोन श्रेष्ठले जितेका थिए । उनले मंगलबार बिहान भएको पुरुष १५०० मिटर खुला पौडीमा १७ मिनेट ४८.६१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेका हुन् । सुदूरपश्चिमका अथर्व सिंहले रजत र नेपाल प्रहरीका रचित बुढाथोकीले कास्य पदक प्राप्त गरे । महिलातर्फ ५० मिटर ब्रेस्ट स्ट्रोक पौडीमा नेपाली सेनाकी दुवाना लामाले ३६.२५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । बागमती प्रदेशकी रोयल प्रजापतीले रजत र प्राज्ना ताम्राकारले कास्य पदक प्राप्त गरिन् । पुरुष १०० मिटर खुला पौडीमा बागमती प्रदेशका अभिभ प्रधानले ५३.०३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । नेपाल प्रहरीका इरभिन श्रेष्ठले रजत र नेपाली सेनाका अल्भिन महर्जनले कास्य पदक प्राप्त गरे । महिला १०० मिटर खुला पौडीमा गैरआवासीय नेपाली सङ्घकी मिखा काया थापाले एक मिनेट २.९३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । नेपाली सेनाकी दुवाना लामाले रजत र गैरआवासीय नेपाली सङ्घकी लिली बोहराले कास्य पदक प्राप्त गरिन् । पुरुष २०० मिटर ब्याकस्ट्रोकमा बागमती प्रदेशका अभिभ प्रधानले दुई मिनेट २०.६५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । सुदूरपश्चिमका अथर्व सिंहले रजत र बागमतीका रेवन्तबहादुर श्रेष्ठले कास्य पदक प्राप्त गरे । महिला २०० मिटर ब्याकस्ट्रोकमा गैरआवासीय नेपाली सङ्घकी मिखा काया थापाले दुई मिनेट ३९.६४ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । पुरुष चार गुणा १०० मिटर मिड्ले रिलेमा नेपाली सेनाको टोलीले स्वर्ण जित्यो । रायन सिंह देउजा, जाडेन श्रेष्ठ, सौरेनबहादुर सिंह र अल्भिन महर्जन सम्मिलित टोलीले चार मिनेट १३.०६ सेकेन्डमा दूरी पूरा गरेको थियो । बागमती प्रदेशले रजत र नेपाल प्रहरीले कास्य पदक प्राप्त गरे । महिला चार गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले दुई मिनेट १.३० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो । बागमतीकी रोयल प्रजापती, प्राज्ञा ताम्रकार र आर्या महर्जनसहितको टोलीले उक्त पदक जितेको हो । नेपाली सेनाले रजत र नेपाल प्रहरीले कास्य पदक प्राप्त गरे । चार गुणा ५० मिटर फ्रिस्टायल रिलेमा पनि बागमती प्रदेशले स्वर्ण जित्यो । रेवन्तबहादुर शाह, आर्या महर्जन (वरिष्ठ), रोयल प्रजापती र अभिभ प्रधान सम्मिलित टोलीले एक मिनेट ५०.२७ सेकेन्डमा दूरी पूरा गरेको थियो । मंगलबार ११ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा चार स्वर्ण, दुई रजत र तीन कास्यसहित बागमती प्रदेश शीर्ष स्थानमा रह्यो । गैरआवासीय नेपाली सङ्घले तीन स्वर्ण र एक कास्य, नेपाली सेनाले दुई स्वर्ण, पाँच रजत र एक कास्य, नेपाल प्रहरीले एक स्वर्ण, दुई रजत र छ कास्य तथा कोशी प्रदेशले एक स्वर्ण र सुदूरपश्चिम प्रदेशले दुई रजत पदक जिते । पौडीका प्राविधिक निर्देशक विष्णु खड्काका अनुसार प्रतियोगिताअन्तर्गत भोलि पनि ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । भोलि बिहान ९ बजेदेखि खेल सञ्चालन हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६० पैसा, स्विस ...

नेपालन्युज
पीएसभीको पोष्टमा रियल म्याड्रिडको गोल वर्षा
Latest NewsJust now

पीएसभीको पोष्टमा रियल म्याड्रिडको गोल वर्षा

काठमाडाैं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत रियल म्याड्रिडले पीएसभीलाई ५–१ गोलले पराजित गर्दै शतप्रतिशत जितको यात्रा कायमै राखेको छ। सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा मौरिन्होको प्रशिक्षणमा रहेको रियलले दोस्रो हाफमा शानदार पुनरागमन र आक्रामक प्रदर्शन गर्दै लगातार पाँचौं जितसँगै १५ अंक जोडेको छ । यो जितसँगै रियल म्याड्रिडले सबै प्रतियोगितामा लगातार १० आधिकारिक खेल जित्ने कीर्तिमान पनि लम्ब्याएको छ। खेलको सुरुवात निकै तीव्र गतिमा ...

केन्द्रबिन्दु
सुन्तलाले फेरिँदै सलकपुरको पर्यटन र अर्थतन्त्र
Latest NewsJust now

सुन्तलाले फेरिँदै सलकपुरको पर्यटन र अर्थतन्त्र

झापा । इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ । सुन्तला उत्पादन र बिक्रीसँगै बगान अवलोकन तथा ताजा सुन्तलाको स्वाद... ...

रातोपाटी
‘कोशीलाई कोसेली’
Latest NewsJust now

‘कोशीलाई कोसेली’

विराटनगर समाचारदाताविराटनगर, मङ्सिर ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा दुईदेशबिच भएका सहमति र घोषणा पूर्वी नेपालका लागि आकर्षक र उपलब्धिमूलक हुने यहाँका उद्योगी–व्य... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement