Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । प्रतियोगिताको उद्घाटन कार्तिक १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुने भएपनि प्रतियोगिताका खेलहरू भने मंसिर ८ गतेदेखि नै सुरु हुने परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गत विभिन्न ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुने र प्रतियोगितामा सातवटै प्रदेश, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहने राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए । प्रतियोगिताका खेलहरू सुर्खेतमा २३, नेपालगञ्जमा २, बर्दियामा २, दैलेखमा १, कालिकोटमा १, सल्यानमा २ र पश्चिम रुकुममा १ गरी विभिन्न स्थानमा सञ्चालन गरिने उनले बताए । दशौँ राष्ट्रिय खेलकुदमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने सदस्य सचिव मेहताले जानकारी दिए । त्यस्तै, प्रतियोगितामा व्यक्तिगततर्फ स्वर्ण पदक विजेतालाई २० हजार, रजत विजेतालाई १५ हजार र कांस्य विजेतालाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने राखेपले जनाएको छ । टिमतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजत विजेतालाई १० हजार र कांस्य विजेतालाई ८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको सदस्य सचिव मेहताले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सशस्त्रको एआईजीबाट बर्खास्तीमा परेका दाहालले दिए पुनरावेदनको निवेदन
Latest NewsJust now

सशस्त्रको एआईजीबाट बर्खास्तीमा परेका दाहालले दिए पुनरावेदनको निवेदन

काठमाडौँ । संवेदनशील र गम्भीर सूचना चुहाएको भन्दै गत असोज २३ गते सरकारको बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले पुनरावेदनको निवेदन दिएका छन् । दाहालले दिएको पुनरावेदनको... ...

रातोपाटी
मिति नतोकिँदै लमजुङमा आगामी निर्वाचनको तयारी सुरु
Latest NewsJust now

मिति नतोकिँदै लमजुङमा आगामी निर्वाचनको तयारी सुरु

जिल्ला समितिले वडा समितिहरूलाई मंसिर २५ गतेभित्र मतदान स्थल र केन्द्रसम्बन्धी सिफारिस पठाउन पत्राचार गर्ने निर्णय गरेको छ। ...

कान्तिपुर
एन्फामाथिको निलम्बन राष्ट्रिय खेलकुद परिषद्‌बाट फुकुवा
Latest NewsJust now

एन्फामाथिको निलम्बन राष्ट्रिय खेलकुद परिषद्‌बाट फुकुवा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको सम्पूर्ण निलम्बन फुकुवा गरेको छ । राखेपले बिहीबार एन्फालाई पत्र पठाउँदै यसअघि विभिन्न समयमा लगाइएका निलम्बन र... ...

रातोपाटी
ट्रम्पको हार नै संकट अन्त्य होइन
Latest NewsJust now

ट्रम्पको हार नै संकट अन्त्य होइन

एक दार्शनिकका रूपमा मेरो दायित्व अमेरिकी मध्यावधि निर्वाचनपछि देखिएको उत्साह र राहतको भावनालाई केही असहज बनाउनु हो। डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले ठूलो पराजय भोगेको छ। ट्रम्पले पनि आफ्नो हार स्वीकार्दै आगामी दिनमा डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहने संसद्सँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। धेरैले आशंका गरेजस्तो निर्वाचन परिणाम अस्वीकार गर्ने, आपतकाल घोषणा गर्ने वा लोकतान्त्रिक प्रक्रियामाथि नै प्रहार गर्ने अवस्था तत्काल ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play