काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले एनआरएनएलाई ५६ रनले पराजित गरेको छ । सुर्खेतस्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा आर्मीले दिएको १३१ रनको लक्ष्य पछ्याएको एनआरएनएले १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ७४ रन बनायो । एनआरएनएका लागि पवन खरेलले १६ बलमा सर्वाधिक १३ रन बनाए । त्यसैगरी, विकास खड्काले ११ बलमा १२ रन बनाए भने सुनिल दौल्याल र आयुष्मान बमले समान १० रन जोडे । बलिङतर्फ आर्मीका तिलक राज भण्डारी र पवन कार्कीले समान ३ विकेट लिए । नरेन साउदले २ विकेट लिँदा सोमपाल कामी र कुशल मल्लले समान १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनायो । आर्मीका लागि तृतराज दासले सर्वाधिक ४२ रन बनाए । ३६ बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, बसिर अहमद र भीम सार्कीले समान २७ रन बनाए । बलिङतर्फ एनआरएनएका नवीन तामाङले ३ विकेट लिए भने कमलसिंह ऐरीले २ तथा अनिल खरेल, सचिन शर्मा र सुनिल दौल्याले समान १ विकेट लिए ।
दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एनआरएनएविरुद्ध आर्मीको जित

Read Complete Original Article
Published originally on नेपालन्युज






