Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
Photo / Coverage: केन्द्रबिन्दु

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । शनिबार प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद सङ्घीयताको मर्मअनुसार सञ्चालन हुने बताए । उनले प्रतियोगिताका अधिकांश खेल कर्णालीमा आयोजना गरिएको र प्राविधिक तथा भौतिक पूर्वाधारको अभावमा पौडी र टेनिसका खेल बाँके तथा बर्दियामा सञ्चालन गरिएको जानकारी दिए । सुर्खेतमा प्रदेश रङ्गशाला हुँदाहुँदै पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा आयोजना गर्नुको कारणबारे पत्रकारले राखेको जिज्ञासामा मन्त्री पोखरेलले कर्णालीलाई सुर्खेतमा मात्र सीमित गरेर बुझ्न नहुने बताए । जुम्लावासीको खुसी र सहभागितालाई ध्यानमा राखेर पुरुष फुटबलका अन्तिम चरणका खेल त्यहाँ सञ्चालन गर्ने निर्णय गरिएको उनको भनाइ छ । महिला फुटबलको सेमिफाइनल र फाइनल भने प्रदेश रङ्गशालामै हुने उनले स्पष्ट पारे । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन् । ३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने र समापन मंसिर २७ गते गरिने आयोजकले जनाएको छ । यसैबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले कर्णाली प्रदेश रङ्गशालामा फ्लडलाइट जडान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । रातिको समयमा समेत खेल सञ्चालन गर्न सकिने गरी चालु आर्थिक वर्षमै सहरी विकास मन्त्रालयमार्फत फ्लडलाइट जडानको काम अघि बढाइएको उनले बताए । त्यस्तै कर्णालीमा २५ देखि ३० करोड रुपैयाँ लगानीमा कभर्डहल निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । त्यसका लागि जग्गा खोजी भइरहेको र जग्गा प्राप्त भएपछि चालु आर्थिक वर्षमै टेन्डर प्रक्रिया सुरु गरिने उनको भनाइ छ । क्रिकेट रङ्गशाला निर्माणका लागि पनि २५ करोड रुपैयाँ विनियोजन गरिएको मेहताले बताए । उक्त रकम क्रिकेट रङ्गशालाको संरचना र आवश्यक पूर्वाधार निर्माणमा खर्च गरिनेछ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले प्रतियोगितालाई कर्णालीसहित सिङ्गो राष्ट्रको प्रतिष्ठासँग जोडिएको आयोजनाका रूपमा उल्लेख गर्दै भव्य रूपमा सम्पन्न गर्न सबैलाई आग्रह गरिन् । उनले अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई प्रतियोगिता अवलोकन गर्न सहज वातावरण बनाउन पनि अनुरोध गरिन् । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको राष्ट्रिय खेलकुदका अधिकांश प्रतिस्पर्धा सुर्खेतमा सञ्चालन भइरहेका छन् । पूर्वाधार अभावका कारण केही खेल बाँके र बर्दियामा आयोजना गरिएका छन् भने पुरुष फुटबलका निर्णायक खेल जुम्लामा सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि खेलस्थल, खेलाडीको आवास, खानपान, यातायात, स्वास्थ्य सेवा र सुरक्षाको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । उद्घाटन समारोहमा कर्णालीका मौलिक कला, संस्कृति, भेषभूषा र परम्परा झल्किने सांस्कृतिक प्रस्तुति राख्ने तयारी गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सरकार हिटलर शैलीमा चलेको छैन : सभामुख अर्याल
Latest NewsJust now

सरकार हिटलर शैलीमा चलेको छैन : सभामुख अर्याल

सरकारले कुनै दल, समूह वा व्यक्तिलाई लक्षित गरेर काम नगरेको उल्लेख गर्दै उनले राज्यले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने धारणा राखे । ...

कान्तिपुर
पहिरो रोकथामको तयारी गरिएकाे तुइनखोला क्षेत्र, तस्बिरमा हेर्नुहाेस्
Latest NewsJust now

पहिरो रोकथामको तयारी गरिएकाे तुइनखोला क्षेत्र, तस्बिरमा हेर्नुहाेस्

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने पहिरोग्रस्त तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्ने तयारी गरिएको छ । आइतबारदेखि दैनिक पाँच घण्टा आवागमन बन्द गरेर यो ठाउँमा पहिरो रोकथामको काम गर्ने... ...

रातोपाटी
तुइनखोलाको पहिरो सफा गर्न आइतबारदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द
Latest NewsJust now

तुइनखोलाको पहिरो सफा गर्न आइतबारदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द

चितवन जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार जारी गरेको सूचनामा बिहान ११ देखि दिउँसो ४ बजेसम्म बाटो बन्द हुने उल्लेख छ । ...

कान्तिपुर
सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टोली घोषणा
Latest NewsJust now

सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीमा आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतम छन्। टोलीमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement