Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

दक्षिण कोरियामा ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दक्षिण कोरियामा ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा
Photo / Coverage: केन्द्रबिन्दु

सियोल । दक्षिण कोरियाको केन्द्रीय बैङ्कले बिहीबार ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा पुर्‍याएको छ । मुद्रास्फीति नियन्त्रण गर्न यो कदम चालिएका बैङ्कल जनाएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) को मागका कारण निर्यात रेकर्ड उच्च तहमा पुगेपछि बैङ्कले आर्थिक वृद्धिदरको प्रक्षेपण पनि बढाएको छ । कोरियाली केन्द्रीय बैङ्कले ऋण लागत २५ आधार बिन्दुले बढाएर ३.२५ प्रतिशत पु¥याएको छ । यो अगस्टपछिको पहिलो वृद्धि हो र मुद्रास्फीति दुई प्रतिशतको लक्ष्यभन्दा धेरै माथि रहेका बेला यो निर्णय आएको हो । गत महिना उपभोक्ता मूल्य सूचकाङ्क २.८ प्रतिशत रह्यो । अस्थिर खाद्य र ऊर्जा खर्च हटाएर निकालिने मूल मुद्रास्फीति पनि त्यति नै रहेको छ । अधिकारीहरूले एशियाको चौथो ठूलो अर्थतन्त्रले यस वर्ष ३।९ प्रतिशत र सन् २०२७ मा ४.१ प्रतिशतले विस्तार हुने अपेक्षा गरेका छन् । एआईसम्बन्धी चिप्सको बलियो निर्यातका कारण यो सम्भव भएको हो । “मध्यपूर्वमा तनाव कायमै रहे पनि विश्व अर्थतन्त्र एआईमा भएको बलियो लगानीका कारण ठोस वृद्धि प्रवृत्ति कायम राख्ने अपेक्षा छ,” बैङ्कले भनेको छ । यसैबीच ऊर्जा मूल्य वृद्धिले प्रभाव फराकिलो बनाउँदै गएका कारण मुद्रास्फीति केही समयसम्म उच्च नै रहने प्रक्षेपण छ । साम्सुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता अग्रणी चिप्स निर्माता भएको दक्षिण कोरियाले यस वर्ष पहिलो पटक निर्यात एक ट्रिलियन डलर पुगिसकेको यसै महिना घोषणा गरेको थियो । विश्वव्यापी एआई विकासका कारण सेमीकन्डक्टरको माग बढेपछि यो सम्भव भएको हो । सन् २०२६ मा अहिलेसम्म संयुक्त राज्य अमेरिका, चीन र जर्मनी मात्रै यो कोसेढुङ्गा पार गरेका छन् । केन्द्रीय बैङ्कले भनेको छ, “फस्टाउँदो चिप्स क्षेत्रले निर्यात र लगानी वृद्धि बलियो बनाइराख्नेछ भने बढ्दो आम्दानी र सरकारी खर्च वृद्धिले उपभोगमा क्रमिक सुधारलाई सहयोग पुर्याउने अपेक्षा छ । “भविष्यको वृद्धि मार्ग अनिश्चिततामा निर्भर छ । सेमीकन्डक्टर क्षेत्रको विस्तार घरेलु अर्थतन्त्रसम्म कति फैलिन्छ र मध्यपूर्वको अवस्था कस्तो हुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ,” बैङ्कले भनेको छ । गभर्नर शिन ह्युन–सोङले यस सम्बन्धमा बिहीबार नै पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हावाहुरीले सुन्तला झारेपछि म्याग्दीका किसानलाई लाखौँको क्षति
Latest NewsJust now

हावाहुरीले सुन्तला झारेपछि म्याग्दीका किसानलाई लाखौँको क्षति

• म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आएको हावाहुरीले सुन्तला बगैँचामा ठूलो क्षति पुर्याएको छ, जसका कारण किसानको मेहनत खेर गएको छ। • हावाहुरीले घर, विद्यालय र स्वास्थ्य चौकीमा पनि क्षति पुर्याएको छ, र गाउँपालिकामा क्षतिको विवरण सङ्कलन भइरहेको छ। • प्रभावित किसानलाई राहत र पुनर्निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिने जानकारी दिइएको छ। ...

नेपालबहस
बायोग्यास वितरणको नीति बनाउन डंगोलको माग
Latest NewsJust now

बायोग्यास वितरणको नीति बनाउन डंगोलको माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणका लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उनले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति... ...

रातोपाटी
भवन र पुल शिलान्याससँगै कागजबाट निर्माण चरणमा
Latest NewsJust now

भवन र पुल शिलान्याससँगै कागजबाट निर्माण चरणमा

गोरखा । गोरखा र धादिङको साँध चिरेर सुसाउने बुढीगण्डकीको छालमा बितेका १३ वर्षदेखि एउटै अधुरो सपना बगिरह्यो। ‘एक दिन यो नदी थुनिनेछ, विशाल ताल बन्नेछ र देश झलमल्ल हुनेछ’ भन्ने त्यहाँका... ...

रातोपाटी
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान
Latest NewsJust now

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनका केही स्थानमा रुख कटानको काम धमाधम अगाडि बढाइएको छ । प्रसारण लाइन निर्माणका क्रममा काट्नुपर्ने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement