Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

दक्षिण अफ्रिकामा एकैदिन भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा १७ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
दक्षिण अफ्रिकामा एकैदिन भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा १७ जनाको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ५३६ किलोमिटरको दूरीमा भएका यी घटनाको कारण तत्काल खुल्न सकेको छैन । प्रहरीका अनुसार पिटरमारिट्जबर्ग सहरबाहिर स्विटवाटरमा गोली लागेर क्षतिग्रस्त भएको एउटा गाडीभित्र आठ जनाको शव फेला परेको थियो । घटनामा मारिएका व्यक्तिहरूको पहिचान हुन सकेको छैन भने प्रहरीले कसैलाई पक्राउ गरेको छैन । त्यस्तै, राजधानी प्रिटोरियानजिकै जेफ्सभिलस्थित अनौपचारिक बस्तीको एउटा झुपडीमा गोली लागेका अवस्थामा नौ जनाको शव फेला परेको थियो । आइतबार राति भएको उक्त घटनामा पनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन । प्रहरीका अनुसार जेफ्सभिलमा मारिनेमा छ पुरुष र तीन महिला छन् । उनीहरूमध्ये बालबालिका पनि थिए वा थिएनन् भन्नेबारे प्रहरीले तत्काल पुष्टि गरेको छैन । घटनाको अनुसन्धान गौतेङ प्रान्तको गम्भीर तथा हिंसात्मक अपराध, हत्या र लुटपाटसम्बन्धी एकाइले गरिरहेको छ । गौतेङका प्रहरी आयुक्त टमी एमथोम्बेनीले यी हत्याहरू गत वर्ष साउल्सभिल नजिकैको अर्को अनौपचारिक बस्तीमा भएको गोलीकाण्डसँग सम्बन्धित हुन सक्ने बताएका छन् । उक्त घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । एमथोम्बेनीले भने, “यी घटनाहरू आपसमा जोडिएका हुन सक्छन् । बदलाको भावनाले गराइएको आक्रमण हुन सक्ने सम्भावनालाई पनि हामीले नकार्न सक्दैनौँ ।” दक्षिण अफ्रिकामा पछिल्लो एक वर्षयता आपराधिक गिरोहसँग सम्बन्धित सामूहिक गोलीकाण्डका घटनाहरू बढेका छन् । गत सेप्टेम्बरमा तटीय सहर डर्बननजिकैको एक गरिब बस्तीमा तीन जना बन्दुकधारीले एउटा घरमा प्रवेश गरी पार्टीमा सहभागीहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए । उक्त घटनामा गर्भवती महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको थियो । त्यस्तै, गत जुनमा जोहानेसबर्गको एक गरिब बस्तीमा बन्दुकधारीहरूले गरेको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीले उक्त घटनालाई पनि आपराधिक गिरोहसँग जोडेको थियो । गत वर्ष डिसेम्बरमा दुई साताको अन्तरालमा भएका दुई सामूहिक गोलीकाण्डमा २१ जनाको ज्यान गएको थियो । ती घटनामा पनि धेरै बन्दुकधारी संलग्न थिए । -एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तातोपानी नाका नखुल्दा व्यवसायीहरू मर्कामा, उच्चस्तरीय पहलबाट तत्कालै खुलाउन माग
Latest NewsJust now

तातोपानी नाका नखुल्दा व्यवसायीहरू मर्कामा, उच्चस्तरीय पहलबाट तत्कालै खुलाउन माग

काठमाडौँ । नेपाल–चीन जोड्ने सबैभन्दा छोटो दूरीको तातोपानी नाका पूर्ण रूपमा नखुल्दा नेपाली व्यापारीले चिन्ता र आक्रोश व्यक्त गरेका छन् । भूकम्पपछि सहज रूपमा सञ्चालनमा आउन नसकेको सिन्धुपाल्चोकको तातोपानी नाका... ...

रातोपाटी
अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी:  धान र पराल पूर्ण रूपमा जलेर नष्ट
Latest NewsJust now

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: धान र पराल पूर्ण रूपमा जलेर नष्ट

• झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको दुई वटा कुन्यूमा आगो लगाएको घटनामा करिब ९० मन धान र पराल जलेर नष्ट भएको छ। • आगजनीको घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको थियो र घटनास्थलमा पुगेपछि दुवै कुन्यू पूर्ण रूपमा जलिसकेको थियो। • प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब रु एक लाख ५१ हजारभन्दा बढीको क्षति भएको छ र अनुसन्धान ...

नेपालबहस
राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ देखि गोकर्णेश्वरमा आयोजना हुँदै
Latest NewsJust now

राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ देखि गोकर्णेश्वरमा आयोजना हुँदै

काठमाडौँ । राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ गतेदेखि पुष २ गतेसम्म काठमाडौंको गोकर्नेस्वर ग्राउण्डमा आयोजना हुने भएको छ। बाल क्रिकेटको विकास र प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगितामा जम्मा १६ टिमहरूको सहभागिता रहनेछ । जिल्ला स्तरका खेलाडीहरुका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ, जसले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने ...

लुम्बिनी सञ्चार
ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै
Latest NewsJust now

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

काठमाडौँ। शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सुस्ताएको पर्यटन व्यवसाय विस्तारै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play