Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

त्रिभुवन विमानस्थलमा सुनसहित चिनियाँ नागरिक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
त्रिभुवन विमानस्थलमा सुनसहित चिनियाँ नागरिक पक्राउ
Photo / Coverage: पर्दाफास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने ६३५.९६ ग्राम पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको ग्वाङडोङका ४२ वर्षीय झान गुओछिङ छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार गुओछिङ २९ कात्तिकमा क्याथे प्यासिफिकको उडानबाट हङकङ हुँदै काठमाडौँ आएका थिए । गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्दा उनले लगाएको भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाइएका पहेँलो रङका दुई गोलाकार अर्धठोस टुक्रा फेला परेका थिए । विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डुण्डीराज नेउपानेले जारी गरेको विज्ञप्तिअनुसार उक्त पदार्थ भन्सार छलेर लैजान खोजेको आशंकामा प्रहरीले गुओछिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बंगलादेशमा विद्युत् निर्यात गर्न भारतसँग दीर्घकालीन समाधान खोजिने
OthersJust now

बंगलादेशमा विद्युत् निर्यात गर्न भारतसँग दीर्घकालीन समाधान खोजिने

नेपाल विद्युत् प्राधिकरणका अनुसार बंगलादेश ६० मेगावाट नै लिन तयार छ । तर, भारतको प्रसारण प्रणाली प्रयोग गर्नुपर्ने भएकाले थप २० मेगावाट निर्यात गर्न भारतीय पक्षको अनुमति अनिवार्य छ । ...

अनलाइन खबर
खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड
OthersJust now

खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड

३० कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे । नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play