काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो ८०४ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा १ किलो ८०३.७७ ग्राम सुनसहित चीनको जिलिन प्रान्तका जियानह्वा वाङ पक्राउ परेका हुन्। हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका वाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको चेकजाँच क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ परेका वाङलाई बरामद सुनसहित थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थलस्थित गौचर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।
त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






