Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा
Photo / Coverage: विश्वखबर

काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन् । बुधबार चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले बिहीबार हुने तीन देशका नेताबीचको पहिलो त्रिपक्षीय बैठक अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे । पुटिनले वर्तमान विश्वमा बढ्दो सैन्य तथा राजनीतिक जोखिम र विश्व अर्थतन्त्रमा देखिएको विभाजनबीच आपसी सहकार्य र संवादको आवश्यकता रहेको बताए । उनले भने, ‘विभाजनभन्दा एकता, आधिपत्यभन्दा समानता, अलगावभन्दा साझेदारी र अल्टिमेटमभन्दा संवादलाई प्राथमिकता दिनुपर्छ ।’ यसैबीच, सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि मस्कोमाथि पश्चिमी मुलुकहरूले लगाएका आर्थिक प्रतिबन्ध असफल भएको पुटिनले दाबी गरे । रूसले ती प्रतिबन्धको सामना गर्दै सम्मानपूर्वक आफ्नो अवस्था कायम राखेको उनको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
Latest NewsJust now

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री... ...

रातोपाटी
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
Latest NewsJust now

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग सङ्कलन भइरहेको छ । कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ पुगेको छ ...

केन्द्रबिन्दु
मुक्कुमलुङमा केबलकार आयोजना खारेज गर्न माग
Latest NewsJust now

मुक्कुमलुङमा केबलकार आयोजना खारेज गर्न माग

काठमाडौं । ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथिभरा देवी दर्शन केबलकार निर्माण आयोजना खारेज गर्न माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरेको छ । मुक्कुमलुङ ताइसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण... ...

रातोपाटी
यस्तो छ एमालेको स्थानीय निर्वाचनसम्बन्धी प्रस्तावित कार्ययोजना
Latest NewsJust now

यस्तो छ एमालेको स्थानीय निर्वाचनसम्बन्धी प्रस्तावित कार्ययोजना

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १३ बुँदे निर्वाचन तयारीसम्बन्धी कार्ययोजना प्रस्ताव गरेको छ । पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित केन्द्रीय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play