काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुन लागेको भन्दै कार्यकर्तामा त्रास सिर्जना गरेर नेतृत्व लिने सपना नदेख्न चेतावनी दिएका छन्।बुधवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित राप्रपा काठमाडौं जिल्ला कार्यसमितिको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पार्टी सकियो, अब पार्टी बन्दैन र खतम भयो भन्ने भ्रम फैलाएर कार्यकर्ताको मनोबल गिराउने प्रयास नगर्न चेतावनी दिएका छन् । कार्यकर्तालाई आतङ्कित बनाएर पार्टीको नेतृत्व लिन्छु र पार्टी चलाउँछु भन्ने कसैले सपना नदेखे हुन्छ भन्दै अहिलेका राप्रपाका कार्यकर्ता त्यस्ता भ्रमको शिकार नहुन आग्रह गरे । लिङदेनले समयसँगै सूचना प्रविधिमा भएको विकासले पार्टीका कार्यकर्तालाई पनि सचेत बनाएको उल्लेख गरे। अहिले कुनैपनि गतिविधि लुकाउन सम्भव नरहेको भन्दै उहाँले सूचना प्रविधिको पहुँचका कारण गोप्य राख्न खोजिएका गतिविधिसमेत बाहिर आउने बताए । उनले भने, ‘पार्टी समाप्त हुँदैछ भन्ने त्रास फैलाएर कार्यकर्ताको मनोबल गिराउँदै नेतृत्वमा पुग्ने सपना कसैले देख्नु हुँदैन । अहिलेका कार्यकर्ता सचेत छन् र सूचना प्रविधिको विकासले सबैलाई हरेक गतिविधिबारे जानकार बनाएको छ । त्यसैले भ्रम र डरको राजनीति अब चल्दैन । नेतृत्वका आकाङ्क्क्षीहरूले एकअर्कालाई कमजोर बनाउने होइन, आफ्नो क्षमता र सङ्गठन निर्माणमार्फत प्रतिस्पर्धा गर्नुपर्छ । आफ्नो क्षेत्रमा सङ्गठन विस्तार गरेर नेतृत्व क्षमता प्रमाणित गर्नु नै स्वस्थ प्रतिष्पर्धाको आधार हो ।’ पार्टीभित्र त्रास र भ्रम फैलाउनेभन्दा संगठन निर्माणमा प्रतिष्पर्धा गर्न चुनौती दिँदै लिङ्देनले आफ्नो क्षेत्रमा संगठन विस्तार गरेर पार्टीभित्रको प्रतिष्पर्धा संगठन बलियो बनाउने विषयमा केन्द्रित हुन जोड दिए ।
त्रास देखाएर पार्टीको नेतृत्व लिने सपना नदेखे हुन्छः राजेन्द्र लिङदेन

Read Complete Original Article
Published originally on टक्सार






