Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

तेहरानका लागि जासुसी गरेको अभियोगमा दुई इरानी अदालतबाट दोषी ठहर

Share:WhatsAppFacebookX (Twitter)Telegram
तेहरानका लागि जासुसी गरेको अभियोगमा दुई इरानी अदालतबाट दोषी ठहर
Photo / Coverage: केन्द्रबिन्दु

लन्डन । लन्डनस्थित फारसी भाषाको सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको जासुसी गरेको अभियोगमा दुई इरानी पुरुषलाई बिहीबार बेलायतको अदालतले दोषी ठहर गरेको छ । दक्षिण लन्डनस्थित ‘वुलविच क्राउन कोर्ट’ का जुरीले ४१ वर्षीय मुस्तफा सेपाहभान्ड र ४६ वर्षीय फरहाद जाभादी मानेशलाई इरानी सरकारका लागि काम गरेको तथा विदेशी गुप्तचर निकायलाई सहयोग पुर्‍याएको अभियोगमा दोषी ठहर गरेका हो । यस मुद्दाका तेस्रा प्रतिवादी ५७ वर्षीय शापुर कालेहाली खानी नुरीलाई भने उनीमाथि लगाइएका सबै अभियोगबाट सफाइ दिइएको छ । बेलायतको सरकारी अभियोजन निकाय ‘क्राउन प्रोसेक्युसन सर्भिस’ (सीपीएस) को विशेष अपराध तथा आतङ्कवादविरोधी विभागका प्रमुख अभियोजक फ्रान्क फर्गुसनले उक्त कार्य इरानी शासनको आलोचना गर्ने व्यक्तिहरूको जासुसी गर्ने योजनाबद्ध प्रयास भएको बताए । उनका अनुसार, इरानमा गुप्तचर सूचना पठाएबापत ती दुई व्यक्तिलाई पुरस्कार दिने आश्वासन दिइएको थियो । सेपाहभान्ड निगरानीमा मात्र सीमित नभई आफ्ना निसानामा परेका व्यक्तिहरूमाथि गम्भीर हिंसात्मक आक्रमण गर्नसमेत तयार रहेको अभियोजक फर्गुसनले बताए । उनीहरूले निसाना बनाएका व्यक्तिहरूमा ‘इरान इन्टरनेसनल’ का पत्रकार मोतजाबा पोरमोहसेन र काम्बिज होसेनी तथा ‘युके लयर्स फर इजरायल’ का संस्थापक सदस्य जोनाथन टर्नर रहेका थिए । इरान सरकारले ‘इरान इन्टरनेसनल’ लाई प्रतिबन्ध लगाएको छ । अभियोजन पक्षका अनुसार, प्रतिवादीहरूले आफ्ना निसानामा परेका व्यक्तिहरूसँग सम्बन्धित स्थानमा पुगेर तस्बिर तथा भिडियो खिच्ने र उनीहरूबारे अनलाइन अनुसन्धान गर्ने गरेका थिए । यसका लागि उनीहरूले च्याटजीपीटी लगायतका डिजिटल प्लेटफर्मसमेत प्रयोग गरेको आरोप लगाइएको थियो । अभियोजक फर्गुसनले कुनै पनि आक्रमण हुनुअघि नै प्रतिवादीहरूलाई नियन्त्रणमा लिन सकिएकामा राहत व्यक्त गरे । -एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटनाले सुन्दरपुर शोकमा, एउटै परिवारका ६ जनाको मृत्यु
Latest NewsJust now

भीमफेदी दुर्घटनाले सुन्दरपुर शोकमा, एउटै परिवारका ६ जनाको मृत्यु

• छठ पर्व मनाउन घर फर्कंदै गरेका यात्रुहरूको गाडी भीमफेदीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ, जसमा १३ जना सुन्दरपुरका छन्। • दुर्घटनाले सुन्दरपुर गाउँमा शोकको माहोल सिर्जना गरेको छ, जहाँ परिवारका सदस्य र आफन्तहरू गुमाएका छन्। • मृतकका परिवारमा ठूलो विपत्ति परेको छ, विशेष गरी निर्मला देवीको परिवारमा ६ जनाले ज्यान गुमाएका छन्। ...

नेपालबहस
एलिस हुआङ को हुन्, जससँग जोडिएको विवादपछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा?
Latest NewsJust now

एलिस हुआङ को हुन्, जससँग जोडिएको विवादपछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा?

काठमाडौं / एजेन्सी। विश्वप्रसिद्ध प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले पदबाट राजीनामा दिएका छन्। कम्पनीले बिहीबार उनको राजीनामा स्वीकृत गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले पुष्टि गरेका छन् । हुआङको राजीनामासँगै एनभिडियाको प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको छ। कम्पनीले स्थायी उत्तराधिकारी चयनका लागि प्रक्रिया अघि बढाउने जनाएको छ। ६३ वर्षीय हुआङ एनभिडियाका सहसंस्थापकसमेत हुन्। उनको ...

टक्सार
न्यूयोर्कमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, मेयर ममदानीले के भने ?
Latest NewsJust now

न्यूयोर्कमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, मेयर ममदानीले के भने ?

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पिडारीचोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै... ...

रातोपाटी
आखिर कहाँ छन् इमरान खान ?
Latest NewsJust now

आखिर कहाँ छन् इमरान खान ?

काठमाडौँ । इमरान खान आज बाह्य संसारभन्दा निकै पर छन् । उनी जेलको कालकोठरी जीवन बिताउन बाध्य छन् । कुनै बेला विश्वले हिरोको तक्मा दिएको व्यक्तित्व हुन् इमरान खान ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play