Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

ती मानिस जसलाई मात्र चार घण्टाको सुताइ पर्याप्त हुन्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
ती मानिस जसलाई मात्र चार घण्टाको सुताइ पर्याप्त हुन्छ
Photo / Coverage: बीबीसी नेपाली

María Medem/ BBC छोटो निद्रा पर्याप्त हुने व्यक्तिमा तपाईँ पनि पर्नुहुन्छ? तर यो कुरा पहिचान गर्न सहज छैन अमेरिकाको कोलोराडो विश्वविद्यालयस्थित प्रतिरक्षा प्रणालीकी प्राध्यापक एमी बर्नार्डलाई सम्झना भएसम्म उनलाई धेरै सुतिरहन पर्दैन। अहिले पनि उनी ११ बजेतिर सुत्न जान्छिन् र बिहान ४:३० तिर उठिसक्छिन्।"म प्रायः जागै रहन्छु। म बिछ्यौनामा बस्न सक्दिनँ," उनी सुनाउँछिन्।कहिलेकाहीँ उनलाई निद्रा लाग्दैन। त्यस बेला उनी पाँच घण्टा मात्रै सुत्छिन्। त्यति मात्रै सुत्दा पनि उनी अर्को दिन ऊर्जावान् नै हुन्छिन्। उनका साथीहरू यति कम मात्रै सुतेर पनि उनले गरेका काम देखेर छक्क पर्छन्। तर उनका बुवा र दाजु पनि छोटो समय मात्रै सुत्छन्। राति एक्कासि ब्युँझिनुहुन्छ भने फेरि निदाउन यसो गर्नुस् कफी कम गर्दा सम्झन सकिने सपना देख्नुका कारण यस्तो छ हामीमध्ये धेरैलाई योभन्दा बढी नै निद्रा आवश्यक पर्छ। निद्रासम्बन्धी एक अमेरिकी संस्थाको पछिल्लो अध्ययनमा २६ देखि ६४ वर्षबीचका वयस्कलाई हरेक २४ घण्टामा ७ देखि ९ घण्टा सुत्न आवश्यक पर्छ।मानिसहरूलाई निद्राको आवश्यकतामा किन यति ठूलो अन्तर छ भन्ने कुरा अझैसम्म रहस्यकै विषय छ। तर पछिल्ला वर्षहरूमा वैज्ञानिकहरूले यसको सम्बन्ध आनुवंशिक कुराहरूसम्म रहेको पत्ता लगाएका छन्।यसरी थाहा भयोबर्नार्डले सन् २०१९ मा मात्रै आफ्नो कम सुतेर पनि पुग्ने क्षमताको सम्भावित कारण थाहा पाइन्।क्यालिफोर्निया विश्वविद्यालयको एउटा अनुसन्धान टोलीले सुताइको अवधिसँग सम्बन्धित रहेको एउटा आनुवंशिक उत्परिवर्तन पत्ता लगाएका थिए।यस्तो उत्परिवर्तन भएका मानिसहरू अरू मानिसहरू सुत्ने समयमै बिछ्यौनामा गए पनि बिहान छिटो ब्युँझन्छन्। उनीहरू साधरणतया ६ देखि साढे ६ घण्टा मात्रै निदाउँछन्। यो अनुसन्धान टोलीलाई रगतको नमुना पठाएर जाँच गरेपछि उनले आफू पनि त्यही उत्परिवर्तन लिएर जन्मिएको थाहा पाइन्।यो दुर्लभ वंशाणुगत अवस्थालाई पारिवारिक प्राकृतिक छोटो निद्रा (एफएनएसएस) भनिन्छ। यद्यपि टोलीकी प्रमुख अनुसन्धाता आनुवंशिक वैज्ञानिक यिङ हुई फू यस्तो अवस्थाका मानिसहरूलाई किन कम समय निदाउँदा पनि निद्रा पुगेजस्तै हुन्छ भन्ने कुरा अझै रहस्यकै विषय रहेको बताउँछिन्। 'सुत्ने सैनिक विधि'ले तपाइँ दुई मिनेटमा निदाउन सक्नु हुन्छ? यी आश्चर्यजनक खानेकुरा जसले राम्रो निद्रा लगाउँछन् तर यस्तो अवस्थाका मानिसहरूको स्मरणशक्ति कमजोर हुन सक्ने समेत अध्ययनहरूले देखाएका छन्। सन् २०१९ मै फूको टोलीले एउटा मुसामा गरेको अध्ययनले यस्तो अवस्थाका मुसामा स्मरण कमजोर रहेको देखाएको थियो।सन् २०१४ मा एउटा अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले एक जना कम निद्रा लाग्ने र अर्को एक जना सामान्य अवस्थाका जुम्ल्याहामा गरेको अध्ययनमा दुवै जनालाई ३८ घण्टासम्म जागै राख्दा आनुवंशिक उत्परिवर्तनका कारण कम सुत्ने गरेका जुम्ल्याहाको कार्यक्षमता कम देखियो।औषधि बन्न सक्ने अपेक्षापछिल्ला केही वर्षयता यस्तो आनुवंशिक अवस्थालाई मानिसको भलाइका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा व्यापक रुचि देखिएको छ।छोटो समयमा निद्रा पुग्ने यो आनुवंशिक गुणलाई सैनिकहरूका लागि वा निद्रा राम्रो नभएका मानिसहरूका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने खोजी भइरहेका छन्।यसका आधारमा औषधि बनाउँदा त्यसले कुनै असर पर्छ कि पर्दैन भनेर वैज्ञानिकहरूले बुझ्ने प्रयास गरिरहेका छन्। "यसले कसरी काम गर्छ भन्ने बुझ्न जरुरी छ," फू भन्छिन्।समग्रमा हाम्रो निद्रा ३० देखि ६५ प्रतिशतसम्म हाम्रो वंशाणुगत गुणमा भर पर्ने ठानिएको छ।आनुवंशिक कुराले मानिसहरूबीच निद्राको अवधिमा औसत २० मिनेट फरक पर्ने किङ्स कलेजका आनुवंशिक विज्ञ इजबेल अस्टिन जिमरमन बताउँछिन्। Getty Images लाइट बल्भका अविष्कारक थोमस एडिसनले आफू कहिल्यै चार घण्टाभन्दा धेरै नसुतेको बताएका थिए तर छोटो समय सुत्ने बानीका सामान्य आनुवंशिक भिन्नताले कम निद्राको प्रभावबाट मानिसहरूलाई कसरी जोगाउन सक्छन् भन्नेबारे अहिलेसम्म धेरै अनुसन्धान भएको छैन।तर युनिभर्सिटी कलेज लन्डनकी विशेषज्ञ किअरा पेट्रोसेलिनीको नेतृत्वमा गरिएको हालैको एक अध्ययनले एउटा प्रमाण फेला पारेको छ।अनुसन्धान टोलीले सन्तान जन्माइसकेका बाइपोलार डिस्अर्डर भएका ३४३ महिलाको आनुवंशिक बनोटको अध्ययन गरेको थियो।उत्परिवर्तनहरूका आधारमा उनीहरूमा छोटो समय सुत्ने आनुवंशिक प्रवृत्ति कति छ भन्ने मूल्याङ्कन गरिएको थियो। छोटो समय सुत्ने सम्भावना सबैभन्दा बढी देखिएका महिलाहरूमा प्रसवपछिको मनोविक्षिप्तता विकास हुने जोखिम, यस्तो सम्भावना सबैभन्दा कम देखिएका महिलाहरूको तुलनामा आधा थियो। अनिद्राको हकमा पनि यस्तै प्रवृत्ति देखिएको थियो। थकान हटाउन र मिठो निद्रा पार्न दिउँसो गर्न सकिने पाँच उपाय राति निदाउन सक्नुहुन्न? त्यसो भए यी कुराहरू नगर्नुहोस् यसमा थप अध्ययन आवश्यक भए पनि अनुसन्धानकर्ताहरूका अनुसार यी व्यक्तिहरूले जीवनको प्रारम्भिक चरणमै निद्रामा हुने अवरोध सहने क्षमता बढी विकास गरेका हुन सक्छन्। त्यसले सन्तान जन्मिएपछिको अवधिमा निद्रा बिथोलिँदा उनीहरूको मनोदशामा पार्ने प्रभावलाई कम गरिरहेको हुन सक्छ।तर दुर्भाग्यवश छोटो समय सुत्ने आनुवंशिक प्रवृत्ति हुनु सधैँ फाइदाजनक हुँदैन। अस्टिन-जिमरमन र उनको टोलीले धेरै ठूलो जनसङ्ख्यामाथि गरेको अनुसन्धानमा, छोटो निद्रासँग सम्बन्धित आनुवंशिक भिन्नताहरू सामान्यतया अनिद्रा र थकान महसुस हुने उच्च जोखिमसँग जोडिएको पाइएको छ।यी भिन्नताहरू विभिन्न मानसिक तथा शारीरिक स्वास्थ्य अवस्थासँग पनि सम्बन्धित देखिएका छन्। त्यसमा एडीएचडी, डिप्रेशनसम्बन्धी लक्षण र टाइप-२ मधुमेह पनि पर्छन्।यसको अर्थ छोटो निद्रा वा त्यसको आनुवंशिक प्रवृत्तिले नै यी अवस्थाहरू उत्पन्न गर्छ भन्ने मात्रै होइन अनि छोटो निद्राले पुग्ने आनुवंशिक प्रवृत्तिले यी सबै जोखिमबाट सधैँ जोगाउँछ भन्ने पनि होइन।ठिकठाक भएको भ्रम Getty Images छोटो निद्रा सुतेर पनि ठिकठाक महसुस हुँदैनमा हाम्रो सोच्ने क्षमता प्रभावित भएको छैन भन्ने हुँदैन थोरै समय निदाउँदा पनि आफू ठिकसँग काम गर्न सकिरहेको छु भन्ने ठान्दा हामीहरू सधैँ सही नहुन पनि सक्छौँ।उदाहरणका लागि एउटा अध्ययनले स्वस्थ वयस्कहरूलाई राति केवल ४ वा ६ घण्टा मात्र ओछ्यानमा बस्न दिँदा विभिन्न बौद्धिक परीक्षणमा उनीहरूको प्रदर्शन निरन्तर खस्कँदै गएको देखाएको थियो।त्यसको दुई सातासम्म पनि सहभागीहरूले आफूलाई "अलिकति" निद्रा लागिरहेकै महसुस भएको बताएका थिए।वाशिङ्टन स्टेट विश्वविद्यालस्थित निद्रासम्बन्धी अनुसन्धान केन्द्रका निद्रा वैज्ञानिक हान्स भान डोन्गेन कम समय निदाउँदा क्षमता खस्कँदै जाने बताउँछन्।केही मानिसलाई अरूको तुलनामा कम निद्रा नै पर्याप्त हुन्छ भन्ने तथ्य पनि अर्कोतर्फ छ। भान डोन्गेनकै अर्को अनुसन्धानले केही मानिस निद्राको कमीको असरप्रति बढी सहनशील हुने देखाएको छ। तर मानिस कति घण्टा निदाउँछ वा भोलिपल्ट उसलाई कस्तो महसुस हुन्छ भन्ने मात्रै सोधेर मात्रै यसको भिन्नताबारे सबै कुरा थाहा हुँदैन। तिघ्रा ठूलो हुँदा के त्यसले तपाईँलाई धेरै बाँच्न मद्दत गर्छ? दैनिक ५ मिनेट व्यायामले दीर्घायुमा सघाउँछ भविष्यमा हुने अनुसन्धानले कम निद्रा हुने मानिसहरूलाई त्यसको असर सहन सक्ने क्षमता बढाउन सहयोग गर्ने औषधि विकासका लागि पनि आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। अनि अहिलेसम्मका अनुसन्धानका निष्कर्षहरूले मानिसहरूलाई आफू किन त्यसरी सुत्छन् भन्ने कुरा बुझ्न मद्दत गर्न सक्छन्।प्राध्यापक बर्नार्ड आफूमा आनुवंशिक भिन्नता रहेको थाहा पाउँदा मनोवैज्ञानिक दबाव केही कम महसुस भएको बताउँछिन्। एक वैज्ञानिकका रूपमा उनले मानिसहरूको सुताइका विषयमा भएको भिन्नता बुझेकी छन्। उनका श्रीमान् र बच्चाहरू सुतिसक्दा पनि उनले अतिरिक्त समय काम गर्ने मौका पाएकी छन्।बर्नार्डलाई कहिलेकाहीँ आफू आरामले बस्न नसक्ने व्यक्ति पो हुँ कि भन्ने पनि लाग्छ। "अब मैले यसको उत्तर पाएकी छु। आनुवंशिक रूपमा म यस्तै रहेछु भन्ने थाहा पाएँ। अब मैले यसलाई स्वीकार गर्नुपर्छ," उनी भन्छिन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आफ्नै शब्दमा प्रदीप गिरिको जीवनकथा
Latest NewsJust now

आफ्नै शब्दमा प्रदीप गिरिको जीवनकथा

कुनै पनि व्यक्तिलाई बुझ्न उसको जीवनी पढेर मात्र पुग्दैन । उसले आफ्नो समयलाई कसरी बुझ्यो, समाजलाई कस्तो देख्यो र जीवनका अनुभवलाई कसरी व्याख्या गर्‍यो भन्ने कुरा पनि जान्नुपर्छ । अझ... ...

रातोपाटी
अमेरिकाको रोनाल्ड रेगन विमानस्थलमा दुई विमान ठोक्किए
Latest NewsJust now

अमेरिकाको रोनाल्ड रेगन विमानस्थलमा दुई विमान ठोक्किए

एजेन्सी– ६७ जनाको ज्यान जाने गरी भएको हवाई दुर्घटनाको स्मृति सेलाउन नपाउँदै अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अर्को अप्रिय घटना भएको छ । उडानको तयारीमा रहेका अमेरिकन एयरलाइन्सका यात्रुले खचाखच दुई विमान आपसमा ठोक्किएका छन् । शुक्रबार साँझ भएको उक्त दुर्घटनामा विमानका पखेटाका टुप्पा आपसमा जुधेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनाबाट कुनै […] ...

काठमाण्डुपाटी
चार युवाको ४ करोड २० लाख लगानी, ठोरीमा फस्टाउँदै पर्यटन व्यवसाय
Latest NewsJust now

चार युवाको ४ करोड २० लाख लगानी, ठोरीमा फस्टाउँदै पर्यटन व्यवसाय

सडक पहुँच विस्तारपछि चार युवाले सुरु गरेको रिसोर्टमा लगानी चार करोड २० लाख पुगेको छ, जहाँ ७० प्रतिशत पाहुना भारतीय छन्। ...

कान्तिपुर
ओलम्पिक टर्च तथा ट्रफी टुरलाई जुम्लामा स्वागत
Latest NewsJust now

ओलम्पिक टर्च तथा ट्रफी टुरलाई जुम्लामा स्वागत

नौरते नेपालीजुम्ला, मङ्सिर १२ गते । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च तथा ट्रफी टुर शनिबार जुम्ला पुगेको छ । दैलेखको श्रीस्थानबाट सुरु भएको टर्च तथा ट्रफी टुर जुम्ला... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement