काठमाडौं।हिउँदको समयलाई मध्यनजर गर्दै सरकारले सरकारी कार्यालय सञ्चालन समय एक घण्टा घटाउने भएको छ। भोलि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजे नै बन्द हुनेछन्। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त अवधिमा सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम थियो। गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई कारण देखाउँदै गरिएको उक्त निर्णयलाई सरकारले निरन्तरता दिँदै आएको छ। हिउँदमा साँझ छिट्टै अँध्यारो हुने भएकाले कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय एक घण्टा कम गरिएको हो।
तीन महिना सरकारी कार्यालय ४ बजे नै बन्द हुने

Read Complete Original Article
Published originally on नेपालन्युज





.jpeg)
