काठमाडौं । नेपालमा ‘अनएसेम्बल्ड’ मोटरसाइकलसँगै विद्युतीय मोटरसाइकल र कारको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगन्ज नाकाबाट यी सवारीसाधनको आयात उल्लेख्य देखिएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा ४ अर्ब ७५ करोड रुपैयाँ बराबरका ३० हजार ९४३ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन् । ती मोटरसाइकलको आयातबाट ४ अर्ब ५७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाबाट ३ अर्ब ४१ करोड रुपैयाँ मूल्यका २४ हजार ९३९ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए । त्यस्तै, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ५९ करोड रुपैयाँ बराबरका ८ हजार ८५० वटा विद्युतीय मोटरसाइकल नेपाल भित्रिएका छन् । ती मोटरसाइकलको आयातबाट ५६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ हजार २९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए । तिनको आयातबाट ९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यसैगरी, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ६१ करोड रुपैयाँ बराबरका ६२४ वटा विद्युतीय कार नेपाल भित्रिएका छन् । विद्युतीय कारको आयातबाट १ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाबाट २२९ वटा विद्युतीय कार आयात भएका थिए ।
तीन महिनामै भित्रिए ३० हजारभन्दा बढी अनएसेम्बल्ड मोटरसाइकल, विद्युतीय सवारीको आयात पनि बढ्यो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






