काठमाडौँ । चालु आर्थिक वर्ष २०८३ ८४ को पहिलो तीन महिनामा विप्रेषण आप्रवाह २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ७० करोड रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो । असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रूपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह २ खर्ब १ अर्ब २२ करोड रूपैयाँ थियो । अमेरिकी डलरमा हेर्दा विप्रेषण आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २९.२ प्रतिशतले बढेको थियो । त्यस्तै, खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ६२ अर्ब ९० करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रूपैयाँ रहेको थियो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने मिश्रित देखिएको छ । समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने एक २१ हजार ८७९ जना छन्, जुन अघिल्लो वर्षको सोही अवधिको एक लाख २३ हजार ४५९ भन्दा केही कम हो । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने ७७ हजार २५७ बाट बढेर ८२ हजार ३६९ पुगेको छ ।
तीन महिनामा ७ खर्ब ३ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रियो

Read Complete Original Article
Published originally on टक्सार






