Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो
Photo / Coverage: कर्पोरट खबर

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३७.३५ प्रतिशतले बढाएको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४९ करोड ५० लाख रुपैयाँले बढेको हो। यद्यपि, कम्पनीको कुल सञ्चालन आयमा भने सामान्य गिरावट देखिएको छ। समीक्षा अवधिमा कम्पनीले ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार सञ्चालन आम्दानी १२ लाख ६० हजार रुपैयाँ अर्थात् ०.०१ प्रतिशतले घटेको हो। सञ्चालन आम्दानीमा सामान्य कमी आए पनि अन्य आम्दानीसमेत जोड्दा कम्पनीको कुल आय बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ कुल आय रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको जीएसएम सेवातर्फको सञ्चालन राजस्वमा १० लाख १६ हजार रुपैयाँ र एफटीटीएच सेवातर्फको राजस्वमा ४ करोड ४० लाख रुपैयाँले वृद्धि भएको छ। कम मूल्यका तथा ठूला मोबाइल डेटा प्याकेजको प्रयोग बढ्दा कम्पनीको सेवा उपभोगमा सकारात्मक प्रभाव परेको छ। वित्तीय विवरणअनुसार कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४० रुपैयाँ ४५ पैसा कायम भएको छ। त्यस्तै, ब्याज, कर, ह्रास तथा परिशोधनअघिको नाफा (ईबीआईटीडीए) ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ थियो। कम्पनीका अनुसार ह्रास खर्चमा कमी आउनु तथा मूल्यह्रास क्षति फिर्ता समायोजनका कारण समग्र खुद खर्च ४८ करोड १२ लाख रुपैयाँले घटेको छ। खर्चमा आएको यही कमीले सञ्चालन आम्दानीमा सामान्य गिरावट हुँदाहुँदै पनि खुद नाफा बढाउन सहयोग पुगेको देखिन्छ। The post तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सप्तकोशी नदीको पानी सुकेपछि छठका घाट सारिए
Latest NewsJust now

सप्तकोशी नदीको पानी सुकेपछि छठका घाट सारिए

बाबुराम कार्कीसुनसरी, कात्तिक २९ गते । सप्तकोशी नदीको पूर्वी तटबन्धअन्तर्गत राजाबास क्षेत्रदेखि दक्षिणतर्फ नदी किनारमा सुक्खा लाग्दा यस वर्ष छठ पर्व मनाउनेहरूले पूजा गर्ने घाट सारे... ...

गोरखापत्र
कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य
Latest NewsJust now

कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

काठमाडौं। हुसैन तलातको अर्धशतकमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनायो। कर्णालीका लागि तलातले ३३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाए। ओपनर अरिफुल इस्लामले ३५, गुल्सन झाले १८ र पवन ...

नेपालन्युज
‘मेरो सामान नकिन्नुस् भन्छन्, तर उनकै पसलमा लाग्छ सयौँको लाइन
Latest NewsJust now

‘मेरो सामान नकिन्नुस् भन्छन्, तर उनकै पसलमा लाग्छ सयौँको लाइन

सामान्यतया व्यापारीहरू ग्राहक आकर्षित गर्न आफ्नो सामानको प्रशंसा गर्छन् । सामान राम्रो छ, सस्तो छ र टिकाउ छ भन्दै बिक्री बढाउने प्रयास गर्छन् । तर दक्षिण कोरियाको राजधानी सोलमा एक... ...

रातोपाटी
एनपिएलमा कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य
Latest NewsJust now

एनपिएलमा कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन बनायो । जसमा हुसैन तलतले ५१, अरिफूल स्लामले ३५ रनको योगदान गरे । चितवनका कमलसिंह ऐरी, उसमा मिर, सलाउद्दिन खानले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play