Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

तीन महिनामा करिब १० करोडका मूर्ति तथा प्रतिमा निर्यात

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन महिनामा करिब १० करोडका मूर्ति तथा प्रतिमा निर्यात
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपालले तीन महिनामा करिब १० करोड रुपैयाँ बराबरका विभिन्न प्रकारका मूर्ति तथा प्रतिमा निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्ममा नेपालबाट ९ करोड ९५ लाख रुपैयाँ बराबरका मूर्ति तथा प्रतिमा विदेश निर्यात भएका हुन् । भन्सार विभागका अनुसार उक्त अवधिमा बहुमूल्य धातुको जलप लगाइएका साना मूर्ति तथा प्रतिमाहरू ५ करोड १४ लाख ४१ हजार रुपैयाँ बराबरको निर्यात भएका छन् । त्यसैगरी, बहुमूल्य धातुको जलप लगाइएका अन्य सजावटी सामग्री १ करोड ६५ लाख ७ हजार रुपैयाँ र अन्य साना मूर्ति तथा प्रतिमाहरू ४ करोड २८ लाख ३० हजार रुपैयाँ बराबरका निर्यात भएका छन् । १६ देशमा बहुमूल्य धातुको जलप लगाइएका मूर्ति निर्यातबहुमूल्य धातु (जस्तै सुन तथा चाँदी) को जलप लगाइएका साना मूर्ति तथा प्रतिमाहरू विभिन्न १६ देशमा निर्यात भएको तथ्याङ्कले देखाएको छ । यस्ता सामग्री निर्यात भएका प्रमुख गन्तव्य मुलुकमा अर्जेन्टिना, अष्ट्रेलिया, चीन, जर्मनी, हङकङ, भारत, इटाली, जापान, नेदरल्यान्ड्स, सिंगापुर, स्पेन, स्विट्जरल्यान्ड, ताइवान, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र भियतनाम रहेका छन् । जसबाट ५ करोड १४ लाख ४१ हजार रुपैयाँ नेपाल भित्रिएको छ । त्यसैगरी, बहुमूल्य धातुको जलप लगाइएका अन्य सजावटी सामग्रीहरू विभिन्न १० देशमा निर्यात भएका छन् । जसबाट झण्डै १७ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । अष्ट्रेलिया, क्यानडा, चीन, भारत, जापान, दक्षिण अफ्रिका, स्विट्जरल्यान्ड, ताइवान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका यस्ता सामग्रीका निर्यात गन्तव्य मुलुक हुन् । २३ देशमा साना मूर्ति तथा प्रतिमा निर्यातसाना मूर्ति तथा प्रतिमाहरू भने विभिन्न २३ देशमा निर्यात भएका छन् । यसका प्रमुख गन्तव्य मुलुकमा अर्जेन्टिना, अष्ट्रेलिया, अस्ट्रिया, क्यानडा, चीन, चेक गणतन्त्र, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, दक्षिण कोरिया, न्युजिल्यान्ड, नर्वे, पोल्यान्ड, स्विट्जरल्यान्ड, ताइवान, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र भियतनाम रहेका छन् । ४ करोड २८ लाख बढी रुपैयाँ नेपाल भित्रिएको छ ।यस तथ्यांकले नेपाली मूर्ति तथा प्रतिमाहरूको अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार भएको देखाउँछ । विशेषगरी बहुमूल्य धातुको जलप लगाइएका मूर्ति तथा सजावटी सामग्रीदेखि अन्य प्रकारका मूर्तिहरूसम्म विभिन्न मुलुकमा निर्यात भइरहेको देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रसंघका एआई विज्ञ निक काठमाडौंमा
Latest NewsJust now

राष्ट्रसंघका एआई विज्ञ निक काठमाडौंमा

संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन-हार्ट नेपाल आएका छन्।  शनिबार काठमाडौंको होटल हिमालयमा ‘नेसनल एआई समिट २०२६’ आयोजना हुँदै छ। सम्मेलनमा सहभागी हुनका लागि उनी काठमाडौं आइपुगेका हुन्।  निक कार्यक्रमको प्रमुख वक्ता रहेको सम्मेलन आयोजक संस्... ...

नेपालखबर
सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य
Latest NewsJust now

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ, कात्तिक २० गते । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थ... ...

गोरखापत्र
वडाध्यक्षकै औँठाछापले ३१ लाख बढी वृद्धाभत्ता हिनामिना, प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर
Latest NewsJust now

वडाध्यक्षकै औँठाछापले ३१ लाख बढी वृद्धाभत्ता हिनामिना, प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सामाजिक सुरक्षा भत्ता (वृद्धाभत्ता) मा बदमासी गर्ने प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ओखलढुंगाको लिखु गाँउपालिका वडा नं ९ स्थित पोकलीमा ०७५–०७६ र आव २०७६–०७७ मा सामाजिक सुरक्षा भत्ता वितरणमा दुरुपयोग भएको तथ्यपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका […] ...

लोकपथ
बङ्गलादेशमा गोली हानाहान, ५७ जनाको उद्धार
Latest NewsJust now

बङ्गलादेशमा गोली हानाहान, ५७ जनाको उद्धार

ढाका । म्यान्माको सीमा नजिकै मानव तस्करीमा संलग्न भएको आशङ्का गरिएका समूहसँग भएको गोली हानाहानपछि बङ्गलादेशको सुरक्षा बलले रोहिङ्ग्या शरणार्थीसहित कम्तीमा ५७ जनाको उद्धार गरेको छ । बिहीबार राति भएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play