काठमाडाैं। अमेरिकाको लस एन्जलसमा आयोजित इन्टरकन्टिनेन्टल म्युजिक अवार्ड्स २०२६ मा ‘बेस्ट अफ एसिया’ अवार्ड जित्न सफल सुपेश बस्नेतको अर्को सांगीतिक प्रस्तुति ‘सधैँ साथमा तिम्रो–२ : A Home Is You’ (Female Version) सार्वजनिक भएको छ। डा. सुरेश बस्नेत (सुपेश) को सिर्जनात्मक परिकल्पना तथा निर्माणमा तयार भएको यस म्युजिक भिडियोमा लोकप्रिय गायिका डा. त्रिशला गुरुङको सुमधुर स्वर तथा अमेरिकामा कार्यरत नेपाली चिकित्सकद्वय डा. रेहा पोखरेल र डा. सुरेश बस्नेतको मुख्य अभिनय रहेको छ। गीतमा गोविन पुनको शब्द तथा संगीत, दिनेश श्रेष्ठ (डी–स्टुडियो) को रेकर्डिङ तथा संगीत संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ र शाहिल खानको सम्पादन रहेको छ। डा. सुरेश बस्नेतको पटकथा तथा निर्माण निर्देशन रहेको यस भिडियोको निर्देशन ब्रेन्डन वेल्सले गरेका हुन्। अमेरिकाको अलास्काका मनमोहक प्राकृतिक दृश्यहरूमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोले प्रेम, बिछोड, प्रतीक्षा र पुनर्मिलनको भावनात्मक यात्रालाई सिनेमाटिक शैलीमा प्रस्तुत गरेको छ। शनिबार काठमाडौंको दरबारमार्गस्थित राइजिङ मलको क्यूएफएक्स सिनेमाजमा भिडियोको भव्य प्रिमियर सम्पन्न भएको थियो। समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, महानायक राजेश हमाल, वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ पत्रकार ऋषि धमला, संगीतकार नरहरि प्रेमी तथा कर्पोरेट प्रशिक्षक विलाश खत्रीलगायत कला, संगीत, चलचित्र, चिकित्सा, सञ्चार एवं विभिन्न क्षेत्रका १६० भन्दा बढी विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो। चिकित्सा र संगीतको सुन्दर संगमका रूपमा प्रस्तुत गरिएको यो म्युजिक भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत विश्वभर सार्वजनिक भएको छ।
तीन नेपाली चिकित्सकको सांगीतिक सहकार्यमा ‘सधैँ साथमा तिम्रो–२’ सार्वजनिक

Read Complete Original Article
Published originally on नेपालन्युज






