Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

तीन निर्माण कम्पनी दुई वर्षका लागि कालोसूचीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन निर्माण कम्पनी दुई वर्षका लागि कालोसूचीमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा निर्माण व्यवसायी कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कात्तिक २७ गतेको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखेको हो। कार्यालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाएको छ। बागमती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय मकवानपुरको सिफारिसमा नेसनल कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। काभ्रेपलाञ्चोकको रोशी–६ ठेगाना रहेको उक्त कम्पनीका मुख्य व्यक्ति नबिनकुमार लामा हुन्। त्यस्तै, सडक डिभिजन कार्यालय जनकपुर, मुजेलिया धनुषाको सिफारिसमा बाम्ती भण्डार र नरसिंह जेभीलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। महोत्तरीको जलेश्वर–७ ठेगाना रहेको उक्त संयुक्त उपक्रममा काठमाडौंको अनामनगर–३२ स्थित बाम्ती भण्डार प्रालि र जलेश्वर–७ स्थित नरसिंह कन्स्ट्रक्सन साझेदार रहेका छन्। कम्पनीका मुख्य व्यक्ति दिपेन्द्र झा हुन्। यसैगरी, पूर्वाधार विकास कार्यालय डडेल्धुराको सिफारिसमा नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त कम्पनीका मुख्य व्यक्तिहरू दिपकबहादुर सिंह र दिलराज जोशी रहेका छन्। कार्यालयले जारी गरेको सूचनाअनुसार कालोसूचीमा राखिएका कम्पनीहरूले सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तोकिएको अवधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा हिमाली मुद्दा उठाएर परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए
Latest NewsJust now

कोप–३१ मा हिमाली मुद्दा उठाएर परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए

काठमाण्डु– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन् । टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि जारी सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खनाल सहभागी भएका थिए । उनी नेतृत्वको प्रतिनिधिमण्डलले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको असर, जलवायु न्याय, अनुकूलनका लागि वित्तीय सहयोग र विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोगको विषय […] ...

काठमाण्डुपाटी
गोकुल बास्कोटाको व्यङ्ग्य, ‘बिहान बालेनको विरोध, साँझ ज्वागलमा भेट’
Latest NewsJust now

गोकुल बास्कोटाको व्यङ्ग्य, ‘बिहान बालेनको विरोध, साँझ ज्वागलमा भेट’

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को खुलेर विरोध गर्ने तर भित्रभित्रै उनैसँग भेटघाट गर्ने राजनीतिक पात्रहरूको दोहोरो चरित्रमाथि व्यङ्ग्य कसेका... ...

रातोपाटी
महेन्द्र नारायण निधि सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण
Latest NewsJust now

महेन्द्र नारायण निधि सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

निधि भवनको सबै भौतिक संरचना विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो । स्थापनाको ९ वर्षदेखि भाडाकै घरमा रहेको विश्वविद्यालयले अत्याधुनिक र धेरै भवनसहितको संरचना पाएको हो । ...

कान्तिपुर
बाटो बिराएको अन्तरिक्षको अनौठो पिण्ड
Latest NewsJust now

बाटो बिराएको अन्तरिक्षको अनौठो पिण्ड

प्रायः सबै क्षुद्रग्रहहरूको चालको सहजै अनुमान गर्न सकिन्छ। तिनीहरू सामान्यतया आफूमाथि पर्ने बाह्य प्रभावहरू, जस्तै गुरुत्वाकर्षण वा सूर्यको विकिरणको दबाबका आधारमा निश्चित गति र दिशामा अघि बढ्छन्। तर, ‘१९९८ केवाई२६’ (1998... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play