Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

तीन देशका राजदूतले लिए राष्ट्रपतिसमक्ष शपथ

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन देशका राजदूतले लिए राष्ट्रपतिसमक्ष शपथ
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। तीन देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णले शपथ लिएका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत पदमा नियुक्त गरेका थिए। मन्त्रिपरिषद्ले १३ जना राजदूतको नाम सिफारिस गरेकोमा संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्र अनुमोदन गरेको थियो। समितिबाट नाम अनुमोदन भएपछि सरकारले सम्बन्धित देशमा राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो। अग्रिमो प्राप्त भएका तीन जना राजदूतले मात्र सोमवार पद तथा गोपनीयताको शपथ लिएका हुन्। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमको पुरुष भलिबलमा ३५ वर्षपछि अछामलाई स्वर्ण, महिलातर्फ कैलाली च्याम्पियन
Latest NewsJust now

सुदूरपश्चिमको पुरुष भलिबलमा ३५ वर्षपछि अछामलाई स्वर्ण, महिलातर्फ कैलाली च्याम्पियन

धनगढी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा अछामले उपाधि जितेको छ । महिलातर्फ भने कैलाली च्याम्पियन बनेको छ । सोमवार डडेलधुरामा सम्पन्न पुरुष भलिबलको... ...

रातोपाटी
सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने
Latest NewsJust now

सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने

डडेल्धुरा .। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आगामी मङ्सिर ८ गते लाग्ने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो... ...

रातोपाटी
साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी
Latest NewsJust now

साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी

कामबाट हटाइएपछि महिनौंसम्म पारिश्रमिक नपाउने र अर्को रोजगारीमा जान वा स्वदेश फर्कनसमेत कठिनाइ भोग्नुपरेको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनमा उल्लेख छ । ...

कान्तिपुर
दुधको मूल्य बढाउन किसानको माग
Latest NewsJust now

दुधको मूल्य बढाउन किसानको माग

मोहसिन अलिभरतपुर, कात्तिक ३० गते। बढ्दो महँगी र उत्पादन लागत वृद्धिलाई मध्यनजर गर्दै कच्चा दुधको न्यूनतम खरिद मूल्य बढाउन चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले माग गरेको छ । हाल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play