Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

तीन दशकदेखि अल्झिएको पञ्चेश्वर आयोजना कार्यान्वयनमा लैजाने सहमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन दशकदेखि अल्झिएको पञ्चेश्वर आयोजना कार्यान्वयनमा लैजाने सहमति
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल र भारतले लामो समयदेखि अल्झिँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र टुङ्ग्याएर कार्यान्वयन प्रक्रिया अघि बढाउने भएका छन्। भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित निकायलाई डीपीआर अन्तिम रूप दिन र आयोजना कार्यान्वयन सुरु गर्न निर्देशन दिएका हुन्। सोमबार नयाँ दिल्लीमा सम्पन्न उच्चस्तरीय द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिको बुँदा नम्बर १८ मा दुवै प्रधानमन्त्रीले पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई यस्तो निर्देशन दिएको उल्लेख छ। संयुक्त विज्ञप्तिअनुसार दुवै देशका प्रधानमन्त्रीले पञ्चेश्वर आयोजनाको डीपीआर शीघ्र अन्तिम रूप दिनुपर्नेमा जोड दिएका छन्। त्यसपछि आयोजना कार्यान्वयनको काम सुरु गर्ने सहमति पनि भएको छ। यसैगरी, जलस्रोतको पारस्परिक उपयोग र बाढीको प्रभाव न्यूनीकरणका लागि सप्तकोशी तथा सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर तयार गर्ने कामलाई समेत तीव्रता दिने सहमति भएको छ। सन् १९९६ मा भएको महाकाली सन्धिअन्तर्गत परिकल्पना गरिएको करिब ६ हजार ४८० मेगावाट क्षमताको पञ्चेश्वर आयोजना पानीको बाँडफाँट तथा लागत–लाभको हिस्सासम्बन्धी विषयमा सहमति जुट्न नसक्दा झन्डै तीन दशकदेखि अघि बढ्न सकेको छैन। सन् २०१४ मा पञ्चेश्वर विकास प्राधिकरण गठन गरी डीपीआरको मस्यौदा तयार पारिए पनि त्यसले अन्तिम रूप पाउन सकेको थिएन। विगतका उच्चस्तरीय भ्रमणमा समेत आयोजना अघि बढाउने प्रतिबद्धता व्यक्त हुँदै आए पनि कार्यान्वयनमा प्रगति हुन सकेको थिएन। त्यस्तै, पूर्वी नेपाल र सीमावर्ती भारतीय क्षेत्रमा बर्सेनि हुने बाढी नियन्त्रण तथा जलस्रोतको उपयोगसँग जोडिएका सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर अध्ययन पनि लामो समयदेखि सुस्त छ। पछिल्लो सहमतिले यी तीनवटै आयोजनालाई अघि बढाउन दुवै देशको राजनीतिक प्रतिबद्धता पुनः दोहोर्‍याएको छ। यसअघि सोमबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले हिमालयबाट बग्ने नदीहरूले दुवै देशको साझा भविष्य र जलवायु चुनौतीको स्मरण गराउने बताएका थिए। भ्रमणकै क्रममा दुवै प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्याससमेत गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘नेपाल-भारत सम्बन्ध हिमालयजत्तिकै अटल’
Latest NewsJust now

‘नेपाल-भारत सम्बन्ध हिमालयजत्तिकै अटल’

नेपाल र भारतबीचको सम्बन्ध केवल दुई छिमेकी मुलुकबीचको सम्बन्ध होइन। यो आत्मीयता, आपसी सम्मान, अटुट विश्वास, साझा इतिहास, संस्कृति र जनस्तरको गहिरो सम्बन्धले जोडिएको साझेदारी हो। यो सम्बन्धको केन्द्रमा दुवै देशका जनता छन्। नेपाल र भारतबीचको सम्बन्ध हिमालयजत्तिकै अटल र महासागरजत्तिकै विशाल छ। यो यति गहिरो आत्मीयता हो, जसलाई शब्दले मात्र व्यक्त गर्न सकिँदैन। भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यूको गरिमामय ...

नेपालन्युज
प्रदेशको क्षेत्राधिकारमै रही ६३ वटा ऐन बनाइएको छ : मुख्यमन्त्री भट्ट
Latest NewsJust now

प्रदेशको क्षेत्राधिकारमै रही ६३ वटा ऐन बनाइएको छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानप्रदत्त अधिकार क्षेत्रभित्र रहेर प्रदेश सरकारले आवश्यक ऐन तथा कानुन निर्माण गरिएको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले ३ तहका सरकारका ऐन कानुन कार्यान्वयनका सन्दर्भमा सोमबार धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेशको क्षेत्राधिकारमै रही हालसम्म ६३ वटा ऐन निर्माण भइसकेका तथा केही निर्माणको प्रक्रियामा रहेको जानकारी […] ...

काठमाण्डुपाटी
देउवा पक्षीय १५औँ महाधिवेशन तयारी समितिको बैठक बुधबार बस्दै
Latest NewsJust now

देउवा पक्षीय १५औँ महाधिवेशन तयारी समितिको बैठक बुधबार बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिको बैठक बुधबार बस्ने भएको छ । सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठक बुधबार बिहान... ...

रातोपाटी
‘नेपालबिना हाम्रा राम पनि अधुरा छन्’
Latest NewsJust now

‘नेपालबिना हाम्रा राम पनि अधुरा छन्’

नेपाल र भारतको सम्बन्ध केवल दुई छिमेकी मुलुकबीचको सम्बन्ध होइन। यो आत्मीयता, अटुट विश्वास, साझा इतिहास, संस्कृति र जनस्तरको गहिरो सम्बन्धले जोडिएको साझेदारी हो। हाम्रा खुसी साझा छन्, चुनौती पनि साझा छन्। हामी एकअर्काको प्रगतिमा साथी हौँ र कठिन समयमा एकअर्काको सहारा पनि। नेपालको प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो द्विपक्षीय भ्रमणमा भारत आउनुभएका प्रधानमन्त्री बालेन्द्र शाहलाई स्वागत गर्न पाउँदा भारतका लागि खुसीको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement