Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

तिहार खर्च जुटाउन राउटे समुदायका सदस्य पाल्पामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार खर्च जुटाउन राउटे समुदायका  सदस्य पाल्पामा
Photo / Coverage: केन्द्रबिन्दु

पाल्पा । राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरू पाल्पा आएका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो । कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन बजारमा आफ्नै हातले निर्माण गरेका पिर्का, आरी, कोसीलगायत काठका सामग्री बिक्री गर्दै सहयोग सङ्कलनमा जुटेका छन् । गाडीमा बसेर पाल्पा आइपुगेका उनीहरूको मुख्य उद्देश्य तिहार मनाउन आवश्यक खर्च जुटाउनु हो । पुस्तौँदेखि अपनाउँदै आएको परम्परागत सीप र श्रमबाट तयार पारिएका काठका सामग्री बिक्री गरेर दैनिक गुजारा चलाउनुका साथै चाडपर्वका लागि खर्च जुटाउने गरेको समुदायका सदस्य बन्दवीर शाहीले बताए । “अब तिहार आइसक्यो, मिठो खानेकुरा खानुपर्छ,” शाहीले भने, “हामीसँग पैसा हुँदैन । त्यसैले आफैँले बनाएका भाँडाकुँडा बेच्ने र सहयोग माग्ने गरेका छौँ ।” उनका अनुसार विगतमा जङ्गलका रुखबाट काठका ठेकी, कोसीलगायत सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्ने गरिएको थियो । अहिले जङ्गलमा रुख काट्न सहज नभएपछि परम्परागत पेसाबाट आम्दानी गर्न कठिन भएको छ । यसले गर्दा समुदायका सदस्य आर्थिक आवश्यकताका लागि विभिन्न ठाउँमा पुगेर सहयोग सङ्कलन गर्न बाध्य भएका छन् । “पहिले जङ्गलमा भएका रुख काटेर ठेकी, कोसी बनाएर बिक्री गथ्र्यौँ र आफ्नो खर्च चलाउँथ्यौँ । अहिले रुख काट्न पाइँदैन । त्यसैले हामीसँग पैसा हुँदैन र सहयोग उठाउन हिँड्नुपर्छ,” उनले भने । दसैँ पनि यसैगरी खर्च जुटाएर मनाएको बताउँदै शाहीले तिहारमा समुदायका सदस्यसँग रमाइलो गर्न र मिठोमसिनो खान केही रकम जुटाउने आशासहित पाल्पा आएको बताए । उनीहरूले काठका सामग्री बिक्री गरिरहेको दृश्यले स्थानीयवासी तथा बजारमा आवतजावत गर्ने सर्वसाधारणको ध्यान आकर्षित गरेको छ । परम्परागत सीपबाट निर्माण गरिएका काठका सामग्री हेर्न र खरिद गर्न स्थानीयले चासो देखाएका छन् । आधुनिक जीवनशैली र बजारमा विभिन्न प्रकारका औद्योगिक सामग्रीको प्रयोग बढ्दै गएको अवस्थामा राउटे समुदायले भने पुस्तौँदेखि अपनाउँदै आएको परम्परागत सीपलाई निरन्तरता दिँदै आएका छन् । उनीहरू प्रत्येक जिल्ला जाने, स्थानीय तह र अन्य सरकारी कार्यालयमा पुग्ने र समुदायका लागि चाडपर्व खर्च सङ्कलन गर्ने गरेका छन् । कुनै दिन ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे आजभोलि अन्नसँग सामग्री साट्नभन्दा पैसामा साट्न सजिलो मान्न थालेका छन् । उनीहरू तस्बिर खिचेको समेत पैसा माग्न थालेका छन् । बाँदरको सङ्ख्या घट्दै जानु, सामुदायिक वनमा रुख सजिलै काट्न नपाउनु तथा विभिन्न सङ्घसंस्थाको प्रभाव राउटे समुदायमा बढ्नाले उनीहरू विस्तारै परनिर्भर बन्दै गएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
Latest NewsJust now

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा प्रदान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले... ...

रातोपाटी
जग्गा नामसारी गर्दा एक लाख घुस लिएको आरोपमा नासु पक्राउ
Latest NewsJust now

जग्गा नामसारी गर्दा एक लाख घुस लिएको आरोपमा नासु पक्राउ

जग्गा नामसारी गराउन घुस लिएको आरोपमा सर्लाहीको भूमि प्रशासन कार्यालयका नायव सुब्बा निर्मल तिमलसिनालाई पक्राउ गरिएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले तिमलसिनालाई नियन्त्रणमा लिएको हो। उनले जग्गा नामसारी गराउन एक लाख घुस लिएको अख्तियारको आरोप छ।  उनले घुस लिएको भनिएको एक लाख रुपैयाँ पनि अख्तियारको टोलीले नि... ...

नेपालखबर
TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै
Latest NewsJust now

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

काठमाडौं । नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी शो MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ । यस कार्यक्रमको Title Sponsor का रूपमा TVS NTORQ आबद्ध भएको छ । मलिन मिडिया एन्ड इभेन्ट प्रा.लि.ले नेपालमा ल्याउन लागेको ‘Hustle by NepHop’ लाई TVS NTORQ Presents […] ...

लोकपथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै आन्दोलनमा उत्रिने सरोकारवालाहरूको चेतावनी [भिडियो]
Latest NewsJust now

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै आन्दोलनमा उत्रिने सरोकारवालाहरूको चेतावनी [भिडियो]

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै त्यसका विरुद्ध सामूहिक आन्दोलनमा उत्रिनुपर्ने बताएका छन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play