काठमाडौं । तिहार नजिकिँदै गर्दा नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ अन्तर्गतका अत्याधुनिक एयर फ्रायर बजारमा ल्याएको छ। स्मार्ट घरायसी उपकरण (एसडीए) श्रेणीअन्तर्गत सार्वजनिक गरिएका यी एयर फ्रायरले स्वादसँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिने कम्पनीको दाबी छ। तिहारमा सेलरोटी, फिनी, अनरसा लगायतका परम्परागत परिकार बनाउँदा तेलको प्रयोग बढी हुने गर्छ। यसलाई मध्यनजर गर्दै सिजीले स्वादमा सम्झौता नगरी ९० प्रतिशतसम्म कम तेलमा परिकार तयार गर्न सकिने प्रविधि बजारमा ल्याएको जनाएको छ। यी उपकरणले भान्साको काम सहज बनाउनुका साथै समय बचत गर्न र स्वस्थकर खानपानमा सहयोग पुर्याउने कम्पनीको विश्वास छ। सिजीको एयर फ्रायरमध्ये नेपालकै पहिलो एआई एयर फ्रायर मोडल सीजीएमआरएएफ८एलएआईले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ। यसमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले परिकारको प्रकृति पहिचान गरी आफैँ तापक्रम र पकाउने समय निर्धारण गर्छ। यसले खाना पकाउने प्रक्रियालाई थप सहज र स्मार्ट बनाउने कम्पनीको भनाइ छ। त्यस्तै, ग्राहकको रोजाइमा परेको अर्को मोडल सीजीएमआरएएफ७एलएस पनि बजारमा उपलब्ध छ। यस वर्षको तिहारलाई लक्षित गर्दै कम्पनीले १३ लिटर क्षमताको नयाँ स्मार्ट एयर फ्रायर मोडल सीजीएमआरएएफओ१३एल पनि बजारमा ल्याएको छ। ठूलो परिवार र चाडपर्वको जमघटलाई लक्षित गरी तयार पारिएको यस मोडलमा १८०० वाट पावर, १२ वटा स्मार्ट कुकिङ प्रिसेट मेनु, वाइड एंगल भ्युइङ विन्डो, आयल फ्री कुकिङ सुविधा, ६० मिनेटको टाइमर र डिहाइड्रेटर फङ्सन उपलब्ध छन्। यसमा रहेको एलईडी टच स्क्रिनमार्फत उपकरण सञ्चालन गर्न सकिन्छ। खाना पाकिरहेको अवस्था हेर्न मिल्ने वाइड एंगल भ्युइङ विन्डोले प्रयोगकर्तालाई थप सहज बनाउँछ। त्यसैगरी, प्रयोगका क्रममा ढोका खोल्दा आफैँ बन्द हुने अटो सट-अफ प्रविधिले सुरक्षालाई ध्यान दिएको कम्पनीले जनाएको छ। एयर फ्रायरसँगै आयल ट्रे, फ्ल्याट ग्रिल र्याक, स्यालो नेट ग्रिल र्याक, रोटेट बास्केट, चिकेन फोर्क र फेच टुललगायतका एसेसरिज पनि उपलब्ध गराइएको छ। यी सामग्रीको प्रयोगबाट विभिन्न परिकार रोस्ट, ग्रिल र बेक गर्न सकिने कम्पनीको भनाइ छ। यसले चाडपर्वमा एकैपटक धेरै परिकार तयार गर्न सहज बनाउने अपेक्षा गरिएको छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका उत्पादन देशभरका २२ वटा सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शपबाट खरिद गर्न सकिनेछ। त्यस्तै, कम्पनीको आधिकारिक वेबसाइट र बिक्री केन्द्रमार्फत पनि यी उत्पादन उपलब्ध हुनेछन्। ग्राहकलाई बिक्रीपछिको सेवा सहज बनाउन कम्पनीले ‘सीजी केयर्स’ एप सञ्चालनमा ल्याएको छ। उक्त एप तथा देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ। थप जानकारी तथा सेवाका लागि ग्राहकले सिजी केयरको टोल फ्री नम्बर १६६–००–१०२–२११ वा १६६–००–१००–२११ मा सम्पर्क गर्न सक्नेछन्। साथै, प्लेस्टोर वा एपस्टोरबाट ‘सीजी केयर्स’ एप डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।
तिहारलाई लक्षित गर्दै सिजीले ल्यायो १३ लिटर क्षमताको स्मार्ट एयर फ्रायर

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






