चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न कोशी प्रदेश प्रहरीले सुरक्षा निगरानी र चेकजाँचमा कडाइ गरेको छ। विशेषगरी तिहारलाई लक्षित गर्दै पटका तथा पटकाजन्य विस्फोटक पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोग नियन्त्रण गर्न सीमा नाकासहित विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको कोशी प्रदेश प्रहरीले जनाएको छ। चाडपर्व सुरक्षा योजनाअनुसार प्रहरी कुकुरसहितको चेकजाँच टोली परिचालन गरी सवारीसाधन, शंकास्पद सामग्री तथा आवतजावत गर्ने व्यक्तिमाथि निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ। प्रहरीका अनुसार चेकजाँचका क्रममा विभिन्न स्थानबाट अवैधरूपमा भित्र्याइएका करिब १० लाख सात हजार रुपैयाँभन्दा बढी मूल्यका पटकाजन्य विस्फोटक पदार्थ बरामद गरी नष्ट गरिएको छ।
तिहारलाई लक्षित गर्दै कोशीका सीमा नाकासहित विभिन्न स्थानमा प्रहरी कुकुरसहित चेकजाँच

Read Complete Original Article
Published originally on पर्दाफास






